चैत्र ८, २०८२ आइतबार | २३:११:२०
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

भ्याली पब्लिकको ह्याट्रिक जित

काठमाडौं। १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सिनियर गर्ल्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकालेको छ ।

भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३१-२४, केभीकेएसएसलाई ४०-२० र फेरिल्यान्डलाई २५-१८ ले पराजित गर्यो । भ्याली पब्लिकका लागि बिएनएविरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्डविरुद्ध लोरिशा गौचनले समान १७-१७ अंक बटुले ।

यसैगरी सिनियर गर्ल्सतर्फ नै धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा  तेजस्वीले आदित्यलाई ६-२ ले पराजित गर्यो । तेजस्वीको जितमा एस्थर बरुवालले चार अंक योगदान गरिन् । अन्जली शाहीको १० अंकको सहयोगमा टिआइएले सत्य साइलाई १६-७ ले हरायो ।

जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९-५ ले हरायाे । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११-१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६-३८ र किङडमले टिआइएलाई ४३-३४ ले पराजित गरे । लालीगुराँसका सर्गम गुरुङले चार, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।

सिनियर ब्वाइजमा जिनियस वर्ल्डले सारथीलाई ४०-२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१-३९ ले हराए । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।

प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह-प्राचार्य विनोद घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गर्ल्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो