माघ १८, २०८२ आइतबार | १३:३४:०१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

भलिबलको खुला छनोटमा ८० खेलाडी

काठमडौं । नेपाल भलिबल संघ (एनभिए)ले बंगलादेशको राजधानी ढाकामा हुने काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुला छनोट सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो दिनको छनोटमा ८० खेलाडीले सहभागीता जनाएको एनभिएका अध्यक्ष जितेन्द्र चन्दले खेलाडीलाई जानकारी गराए । 

‘कभर्डहल भलिबलमय बनेको छ । पहिलो दिन ८० खेलाडीले दर्ता गर्नुभएको छ,’ चन्दले भने, ‘पूर्व मेची देखि पश्चिम बझाङसम्म खेलाडी सहभागी हुनु भएको पाएका छौं ।’

खुला छनोट २३ गतेसम्म हुनेछ । एनभिएले देशभरबाट छनोटमा आएका खेलाडीमध्ये १८ खेलाडीलाई छनोट गर्नेछ । एक महिनाको अभ्यासपछि १४ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउनेछन् ।

प्रतियोगिता डिसेम्बर २० देखि २६ सम्म सुरु हुँदैछ । जसको लागि एनभिएले पहिलो पटक खुला छनोट आयोजना गरेको हो ।

एसियन भलिबल महासंघको सहयोगमा बंगलादेश भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, भुटान, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, तुर्कमिनिस्तान उज्वेकिस्तान गरि १२ टोलीलाई सहभागीताको लागि निमन्त्रणा गरिएको छ ।

एनभिएले बीच भलिबलको पुरुष तथा महिला खेलाडी समेत खुल्ला छनोटबाट सुरु गरेको छ । संघले आजबाट कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिषरको कोर्टमा खुला छनोट गर्नेछ ।

बीच भलिबलमा अफगानिस्तान, अस्टे«लिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभागी जनाउने टोलीको टुंगो भने लागिसकेको छैन ।

एनभिएका महासचिव रोशन श्रेष्ठले प्रतियोगिता नेपालमै गराउने योजना बनाएपछि पूर्वाधार अभावका कारण सफल नभएको बताए । ‘प्रतियोगिता नेपालमै आयोजना गर्ने योजना बनाएका थियौं । पूर्वाधारका कारण हामी पछि परेका छौं,’ श्रेष्ठले खेलाडीसँग भने ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।