चैत्र ८, २०८२ आइतबार | १९:०३:४३
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

भलिबलको खुला छनोटमा ८० खेलाडी

काठमडौं । नेपाल भलिबल संघ (एनभिए)ले बंगलादेशको राजधानी ढाकामा हुने काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुला छनोट सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो दिनको छनोटमा ८० खेलाडीले सहभागीता जनाएको एनभिएका अध्यक्ष जितेन्द्र चन्दले खेलाडीलाई जानकारी गराए । 

‘कभर्डहल भलिबलमय बनेको छ । पहिलो दिन ८० खेलाडीले दर्ता गर्नुभएको छ,’ चन्दले भने, ‘पूर्व मेची देखि पश्चिम बझाङसम्म खेलाडी सहभागी हुनु भएको पाएका छौं ।’

खुला छनोट २३ गतेसम्म हुनेछ । एनभिएले देशभरबाट छनोटमा आएका खेलाडीमध्ये १८ खेलाडीलाई छनोट गर्नेछ । एक महिनाको अभ्यासपछि १४ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउनेछन् ।

प्रतियोगिता डिसेम्बर २० देखि २६ सम्म सुरु हुँदैछ । जसको लागि एनभिएले पहिलो पटक खुला छनोट आयोजना गरेको हो ।

एसियन भलिबल महासंघको सहयोगमा बंगलादेश भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, भुटान, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, तुर्कमिनिस्तान उज्वेकिस्तान गरि १२ टोलीलाई सहभागीताको लागि निमन्त्रणा गरिएको छ ।

एनभिएले बीच भलिबलको पुरुष तथा महिला खेलाडी समेत खुल्ला छनोटबाट सुरु गरेको छ । संघले आजबाट कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिषरको कोर्टमा खुला छनोट गर्नेछ ।

बीच भलिबलमा अफगानिस्तान, अस्टे«लिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभागी जनाउने टोलीको टुंगो भने लागिसकेको छैन ।

एनभिएका महासचिव रोशन श्रेष्ठले प्रतियोगिता नेपालमै गराउने योजना बनाएपछि पूर्वाधार अभावका कारण सफल नभएको बताए । ‘प्रतियोगिता नेपालमै आयोजना गर्ने योजना बनाएका थियौं । पूर्वाधारका कारण हामी पछि परेका छौं,’ श्रेष्ठले खेलाडीसँग भने ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो