माघ १६, २०८१ बुधबार | ०४:०५:१७
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

खेलाडी श्रीलंका पुगे, एयरलाइन्सको लापरवाहीका कारण लगेज काठमाडौंमै

काठमाडौं । श्रीलंकन एयरलाइन्सको चरम लापरवाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडी सहित सयौं यात्रु बिचल्लीमा परेका छन् ।  

टिम श्रीलंका पुगे पनि खेलाडी र अफिसियलका लगेज काठमाडौंमै अलपत्र परेको छ । प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । तर, श्रीलंकन एयरलाइन्सको लापरवाहीका कारण खेलाडीसहित सयौं यात्रुले लगेज पाएका छैनन् ।

‘हामी श्रीलंका आइपुगेका छौं । तर, हाम्रो लगेजसँगै जर्सी र सबै खेल इक्युपमेन्ट अलपत्र परेको छ । कहिले आउँछ टुंगो छैन,’ नेपाली टिमका एक सदस्यले खेलाडी डटकमलाई बताए, ‘प्रतियोगिताअघि अभ्यास पनि नहुने भएको छ । खेलाडी मानसिक रूपमा  तनावमा छन्,’ नाम नखुलाउने सर्तमा ती पदाधिकारीले भने ।

निर्धारित समयअनुसार बुधबार दिउँसो १ः२० बजे उड्नुपर्ने श्रीलंकन एयरलाइन्सको युएल १८२ फ्लाइट प्राविधिक कारण देखाइ झन्डै ६ घन्टा ढिलो गरी साँझ ६ बजे मात्र कोलम्बो प्रस्थान गरेको थियो ।

अन्तराष्ट्रीय नियमानुसार कुनै पनि फ्लाइट ३ घन्टाभन्दा बढी ढिलो भएको अवस्थामा खानाको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, एयरलाइन्स लापरवाहीका कारण यात्रुहरुले आफैले खर्च गरेर खानुपरेको थियो । जसले गर्दा विमानमा सवार खेलाडीहरुसहित थुप्रै यात्रुहलाई समस्या परेको थियो ।

कोलम्बो ट्रान्जिट भएर अन्य देश जाने यात्रुको त झन विजोग नै भएको छ । किनभने उक्त विमानका यात्रुको लगेज आगामी अक्टोबर ६ मा हुने काठमाण्डौ कोलम्बोको अर्को फ्लाइटमा मात्र आउने श्रीलंकन एयरलाइन्सको व्य वस्थापनले जानकारी गराएको छ ।

काठमाडौ र कोलम्बो फ्लाइट हप्तामा दुई पटक मात्र हुने गरेको छ । यसले कोलम्बो ट्रान्जिट भएर अन्य देश जानेलाई आफ्नो लगेज कुर्ने की अर्को फ्लाइट समात्ने भन्ने चिन्ता बढाएको छ ।


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC