चैत्र १४, २०८२ शनिबार | ००:५०:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाड महिला भलिबलः लगातार दोस्रो हारसँगै बाहिरियाे नेपाल

काठमाडौं । चिनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हार व्यहाेर्दै  समूह चरणबाटै बाहिरिएकाे छ । 

सोमबार बिहान भएको खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको हो । २८ मिनेट चलेको पहिलो सेटमा नेपाल २५-२१ ले पराजित भयो । पहिलो सेटमा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले सानदार प्रदर्शन गरेपनि नेपाल हार व्यहोर्न पुगेको थियो ।

दोस्रो सेटमा कोरियाले सहज जित निकाल्यो । २६ मिनेट चलेको खेलमा २५-१४ को जित निकाल्यो । तेस्रो सेटमा पनि कोरियाले १८ मिनेटमै खेल सक्काउँदा २५-११ को जित निकालेको हो। कोरियाको प्रतियोगितामा पहिलो जित निकाल्यो ।

खेलभर कोरियाले ७५ अंक जोड्दा नेपालले मात्र ४६ अंक जोड्यो । यो हारसँगै नेपाल समूह ‘सी’ बाट बाहिरिएको छ । 

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग सोझो सेटमा पराजित भएको थियाे । भियतनामविरुद्ध २५-४, २५-१६ र २५-१३ ले हार व्यहाेरेकाे हाे ।

प्रतियोगिताको १० औं दिनसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । राष्ट्रिय कीर्तिमान बनाउनु नै ठूलो उपलब्धि हुँदै आएको छ ।

प्रतियोगिताको लागि २९ खेलका दुई सय ५३ खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विशेष प्रशिक्षण गराउँदै तेक्वान्दो, बक्सिङ र कराँतेबाट पदक जिताउने बताएपछि योजना सफल हुन सकेको छैन ।  

यता, चीन पदक तालिकाको शीर्षस्थानमा रहेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो