माघ १५, २०८२ बिहीबार | १९:२०:२४
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एसियाड महिला भलिबलः लगातार दोस्रो हारसँगै बाहिरियाे नेपाल

काठमाडौं । चिनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हार व्यहाेर्दै  समूह चरणबाटै बाहिरिएकाे छ । 

सोमबार बिहान भएको खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको हो । २८ मिनेट चलेको पहिलो सेटमा नेपाल २५-२१ ले पराजित भयो । पहिलो सेटमा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले सानदार प्रदर्शन गरेपनि नेपाल हार व्यहोर्न पुगेको थियो ।

दोस्रो सेटमा कोरियाले सहज जित निकाल्यो । २६ मिनेट चलेको खेलमा २५-१४ को जित निकाल्यो । तेस्रो सेटमा पनि कोरियाले १८ मिनेटमै खेल सक्काउँदा २५-११ को जित निकालेको हो। कोरियाको प्रतियोगितामा पहिलो जित निकाल्यो ।

खेलभर कोरियाले ७५ अंक जोड्दा नेपालले मात्र ४६ अंक जोड्यो । यो हारसँगै नेपाल समूह ‘सी’ बाट बाहिरिएको छ । 

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग सोझो सेटमा पराजित भएको थियाे । भियतनामविरुद्ध २५-४, २५-१६ र २५-१३ ले हार व्यहाेरेकाे हाे ।

प्रतियोगिताको १० औं दिनसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । राष्ट्रिय कीर्तिमान बनाउनु नै ठूलो उपलब्धि हुँदै आएको छ ।

प्रतियोगिताको लागि २९ खेलका दुई सय ५३ खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विशेष प्रशिक्षण गराउँदै तेक्वान्दो, बक्सिङ र कराँतेबाट पदक जिताउने बताएपछि योजना सफल हुन सकेको छैन ।  

यता, चीन पदक तालिकाको शीर्षस्थानमा रहेको छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।