माघ १७, २०८२ शनिबार | १३:१३:३८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लामाचौर कप भलिबलः न्यु डायमन्ड शीर्ष स्थानमा

फाइल फोटो

पोखरा । लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो दिनका खेल सकिँदा महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब शीर्ष स्थानमा छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिए पनि समयम अभावका सम्भवन नहुँदा लिगका अन्य खेल र फाइनल सोमबार हुनेछ ।

महिलातर्फ लिग चरण अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल खराब प्रकाशका  स्थगित भएको थियो । २-२ को अवस्थानमा रहेको खेलको अन्तिम सेट चलिरहँदा साझँ भएपछि प्रकाश नपुग्ने भन्दै अफिसियलले सोमबारका सारेका थिए ।

पुलिसले सुरुआती दुई सेट २५-२० र २५-२३ ले जिते पनि त्यसपछिका दुई १९-२५ र १६-२५ ले गुमाएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिस ५-७ ले पछि परेको अवस्थामा प्रकाश नपु्ग्ने भएपछि खेल स्थगित भएको हो । उक्त खेल सोमबार पोखरा रंगशालमा पुनः खेलाइने आयोजकले जानकारी दिएको छ ।

आइतबार भएको पहिलो खेलमा पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गरेको थियो । पहिलो सेट १८-२५ ले गुमाएको पुलिसले त्यसपछिका दुई सेट २५-२० र २५-१४  ले आफ्नो पक्षमा पारेको थियो ।

पुलिसले चौथो सेट २१-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिस १५-१२ ले विजयी भयो । न्यु डायमन्डको तीन खेलमा ६ अंक रहँदा पुलिसको समान खेलबाट पाँच अंक छ ।

यस्तै एपिएफले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा स्तब्ध बनायो एपिएफले २५-१६, २५-१४ र २५-१७ को सहज जित निकालेको थियो । तीन खेलबाट एपिएफको चार अंक छ । एभरेष्ट भने तीन खेलमा तीन हार व्यहोर्दै अंकविहिन रह्यो ।

यस्तै आइतबार नै पुरुषतर्फ भएको खेलमा पुलिसले गलकोटलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले २५-१८, २५-२१ र २-१४ को सहज जित निकालेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले एपिएफलाई ३-१ को सेटमा स्तब्ध बनायो । पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेट २५-२३, २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

प्रतियोगिताको महिला र पुरुषतर्फको विजेतालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसै उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।