चैत्र ९, २०८२ सोमबार | १८:४७:५२
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

लामाचौर कप भलिबलः न्यु डायमन्ड शीर्ष स्थानमा

फाइल फोटो

पोखरा । लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो दिनका खेल सकिँदा महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब शीर्ष स्थानमा छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिए पनि समयम अभावका सम्भवन नहुँदा लिगका अन्य खेल र फाइनल सोमबार हुनेछ ।

महिलातर्फ लिग चरण अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल खराब प्रकाशका  स्थगित भएको थियो । २-२ को अवस्थानमा रहेको खेलको अन्तिम सेट चलिरहँदा साझँ भएपछि प्रकाश नपुग्ने भन्दै अफिसियलले सोमबारका सारेका थिए ।

पुलिसले सुरुआती दुई सेट २५-२० र २५-२३ ले जिते पनि त्यसपछिका दुई १९-२५ र १६-२५ ले गुमाएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिस ५-७ ले पछि परेको अवस्थामा प्रकाश नपु्ग्ने भएपछि खेल स्थगित भएको हो । उक्त खेल सोमबार पोखरा रंगशालमा पुनः खेलाइने आयोजकले जानकारी दिएको छ ।

आइतबार भएको पहिलो खेलमा पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गरेको थियो । पहिलो सेट १८-२५ ले गुमाएको पुलिसले त्यसपछिका दुई सेट २५-२० र २५-१४  ले आफ्नो पक्षमा पारेको थियो ।

पुलिसले चौथो सेट २१-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिस १५-१२ ले विजयी भयो । न्यु डायमन्डको तीन खेलमा ६ अंक रहँदा पुलिसको समान खेलबाट पाँच अंक छ ।

यस्तै एपिएफले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा स्तब्ध बनायो एपिएफले २५-१६, २५-१४ र २५-१७ को सहज जित निकालेको थियो । तीन खेलबाट एपिएफको चार अंक छ । एभरेष्ट भने तीन खेलमा तीन हार व्यहोर्दै अंकविहिन रह्यो ।

यस्तै आइतबार नै पुरुषतर्फ भएको खेलमा पुलिसले गलकोटलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले २५-१८, २५-२१ र २-१४ को सहज जित निकालेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले एपिएफलाई ३-१ को सेटमा स्तब्ध बनायो । पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेट २५-२३, २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

प्रतियोगिताको महिला र पुरुषतर्फको विजेतालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसै उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो