मंसिर १९, २०८२ शुक्रबार | ०७:२०:१९
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

न्यू डायमण्डलाई आर्थिक सहयोग

काठमाडौं । पर्वत क्लब, हङकङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन इन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।

पर्वत क्लब हङकङले संकलन गरेको २ लाख रुपैयाँ निर्वतमान उपाध्यक्ष गौरवकुमार गुरुङले आइतबार न्यू डायमण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरेका थिए ।

न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि इन्डोर हल र छात्रबास निर्माण गरिरहेको छ ।  हाल बेलायत बस्दै आएका निर्वतमान उपाध्यक्ष गुरुङले न्यू डायमण्डले महिला भलिबलमा पुर्याएको योगदान र प्रशिक्षक राईको भूमिकाको सरहाना गर्दै क्लबले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेको बताए ।

पर्वत क्लबमार्फत तिलक गुरुङ, इन्द्र गुरुङ, फिरोज गुरुङ, काजीमान गुरुङ, बलराज गुरुङ, रोहिन गुरुङ, उत्तम थापा, सुरेश गुरुङ, मेख गुरुङ, दुर्गा थापा, सुरेन्द्र गुरुङ, इश्वर गुरुङ, मनोज गुरुङले आर्थिक सहयोग गरेका छन् ।

न्यू डायमण्डका सल्लाहकार अरुण श्रेष्ठका अनुसार पूर्व राष्ट्रिय भलिबल खेलाडी मन्जु गुरुङ र सन्जय अर्याल, सन्तु गुरुङ, मातीश्री पुन मगर, रसना गुरुङ, मन्जिला गुरुङ, नारायण गुरुङ, सुरेन्द्र गुरुङ, माया मगर पुन, रोशन गुरुङ, विक्रम थापा, तेज गुरुङ र गौरव गुरुङले आर्थिक सहयोग गरेका छन् ।

न्यू डायमण्डको इन्डोर हल निर्माणका लागि हङकङ संखुवासभा तमु समाज, संखुवासभा समाज, आधिखोला स्पोर्टस क्लब, स्याङ्जा जनसेवा समिति, पुन क्लब, बागलुङ समाज र घान्द्रुक समाजलाई सहयोगका लागि पत्राचार गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।

न्यू डायमण्डका अध्यक्ष राईले सहयोगी पर्वत क्लब हङकङ र त्यसका सदस्यहरुलाई क्लबकातर्फबाट धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउनका उद्देश्यका साथ क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।

क्लबका उपाध्यक्ष किरण कार्कीले चन्द्रगिरी १३ मा निर्माणाधिन छात्रबास र इन्डोर हलमा ४ वटा कोठा, २ वटा चेन्जिङ रुम, शौचालय रभलिबल कोर्ट निर्माण भइसकेको जानकारी दिए । उनले अहिले सम्म ४१ लाख रुपैयाँ खर्च भइसकेको बताए । न्यू डायमण्डमा हाल झण्डै ४० जना नियमित प्रशिक्षणमा छन् ।
 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS