पुस २०, २०८२ सोमबार | ०७:३५:१९
इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका

खेलकुद परिषदमा राजनीतिः मन्त्रीले वरियता मिचेपछि संगीना बैद्यले दिइन् राजीनामा

ओलम्पिकमा छनोट हुने पहिलो खेलाडीको कीर्तिमान बनाएपछि टोयोटा यारिस कारबाट सम्मानित हुँदाकी संगीना बैद्य । फाइल तस्बिरः विकास कार्की

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा वरियता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ती गरेपछि विरोधस्वरुप नेपाली खेलकुदकी शीर्ष महिला संगीना बैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् ।

आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी नेपाली तेक्वान्दोकी शीखर महिला बैद्य छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् ।

संगीनाले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएर सधै वाइल्डकार्डको भरमा ओलम्पिक खेल्दै आएको नेपाली खेलकुदलाई नयाँ युगमा प्रवेश गराएकी थिइन् ।

लामो समयदेखि उनी तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको भूमिकामा कार्यरत थिइन । विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा बैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।

खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागमा पहिलो महिला नेतृत्व आउने सबै तारतम्य मिलिसकेको बेला मन्त्री चौधरीको ठाडो निर्देशनमा गतसाता पूर्वाञ्चलमा कार्यरत वरिष्ठ कराते प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक बनाइएको थियो । प्रसाईं आगामी बैशाख ६ गते अवकास लिने तयारीमा छन् ।

राष्ट्रपतीबाट विभुषित भएपछि राष्ट्रपती भवनमा संगीना बैद्य । फाइल तस्बिर

वरिष्ठताको वरियता मिचेर निर्णय गरिएपछि बैद्यले आइतबार उप निर्देशक पदबाट राजीनामा दिएको बताएकी छन् । बैद्यले परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

१९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग)मा स्वर्ण पदक जितेपछि सम्मानस्वरुप तत्कालिन सरकारले परिषदमा प्रशिक्षकको जागिरमा नियुक्त गरेको बैद्यको कार्यकाल अझै आठ वर्ष बाँकी छ ।

नेपाली खेलकुदमा महिलाको उपस्थितीलाई मैदानभित्रबाटै खेलाडी र प्रशिक्षकको भूमिकामा उच्च प्रदर्शन गरेर प्रेरणादायी भूमिका निर्वाह गरेकी बैद्यमाथि भएको भेदभावपूर्ण व्यवहारले नेपाली खेलकुदको संस्थापन नै महिलाप्रति सकारात्मक नरहेको सन्देश गएको परिषदकी एक कर्मचारीले बताइन् ।

‘संगीना गुरुजस्तो मान्छेलाई नेपाली खेलकुदले पुजा गरेर राख्नुपर्ने थियो । उहाँ भनेको समग्र नेपाली महिलाहरुका लागि रोल मोडल हो । खेलकुदमा लाग्न खोज्ने तमाम बालिका र किशोरीहरुका लागि उहाँ प्रेरणाको स्रोत हो,’ परिषदको प्रशासन विभागमा कार्यरत ती कर्मचारीले भनिन्, ‘पुरुषको प्रधानता रहेको खेलकुदमा पहिलो पटक ओलम्पिकलाई छनोट हुने, एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने जस्ता बहादुरीपूर्ण काम उहाँले गर्नुभएको थियो । त्यसको फल राजनीति गरेर नेतृत्वमा आएकाहरुले यसरी दिएका छन् । खेलकुदमा महिलाको उपस्थितीलाई सरकारबाटै गरिने यस्ता विभेदले कुनै पनि हालतमा प्रोत्साहित गर्दैन । सबै कुरामा सक्षम भए पनि उहाँले महिला भएकै कारण राजनीतिक निर्णयको सिकार हुनुपरेको छ ।’


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA