चैत्र ७, २०८२ शनिबार | १५:४६:३४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

खेलकुद परिषदमा राजनीतिः मन्त्रीले वरियता मिचेपछि संगीना बैद्यले दिइन् राजीनामा

ओलम्पिकमा छनोट हुने पहिलो खेलाडीको कीर्तिमान बनाएपछि टोयोटा यारिस कारबाट सम्मानित हुँदाकी संगीना बैद्य । फाइल तस्बिरः विकास कार्की

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा वरियता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ती गरेपछि विरोधस्वरुप नेपाली खेलकुदकी शीर्ष महिला संगीना बैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् ।

आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी नेपाली तेक्वान्दोकी शीखर महिला बैद्य छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् ।

संगीनाले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएर सधै वाइल्डकार्डको भरमा ओलम्पिक खेल्दै आएको नेपाली खेलकुदलाई नयाँ युगमा प्रवेश गराएकी थिइन् ।

लामो समयदेखि उनी तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको भूमिकामा कार्यरत थिइन । विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा बैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।

खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागमा पहिलो महिला नेतृत्व आउने सबै तारतम्य मिलिसकेको बेला मन्त्री चौधरीको ठाडो निर्देशनमा गतसाता पूर्वाञ्चलमा कार्यरत वरिष्ठ कराते प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक बनाइएको थियो । प्रसाईं आगामी बैशाख ६ गते अवकास लिने तयारीमा छन् ।

राष्ट्रपतीबाट विभुषित भएपछि राष्ट्रपती भवनमा संगीना बैद्य । फाइल तस्बिर

वरिष्ठताको वरियता मिचेर निर्णय गरिएपछि बैद्यले आइतबार उप निर्देशक पदबाट राजीनामा दिएको बताएकी छन् । बैद्यले परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

१९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग)मा स्वर्ण पदक जितेपछि सम्मानस्वरुप तत्कालिन सरकारले परिषदमा प्रशिक्षकको जागिरमा नियुक्त गरेको बैद्यको कार्यकाल अझै आठ वर्ष बाँकी छ ।

नेपाली खेलकुदमा महिलाको उपस्थितीलाई मैदानभित्रबाटै खेलाडी र प्रशिक्षकको भूमिकामा उच्च प्रदर्शन गरेर प्रेरणादायी भूमिका निर्वाह गरेकी बैद्यमाथि भएको भेदभावपूर्ण व्यवहारले नेपाली खेलकुदको संस्थापन नै महिलाप्रति सकारात्मक नरहेको सन्देश गएको परिषदकी एक कर्मचारीले बताइन् ।

‘संगीना गुरुजस्तो मान्छेलाई नेपाली खेलकुदले पुजा गरेर राख्नुपर्ने थियो । उहाँ भनेको समग्र नेपाली महिलाहरुका लागि रोल मोडल हो । खेलकुदमा लाग्न खोज्ने तमाम बालिका र किशोरीहरुका लागि उहाँ प्रेरणाको स्रोत हो,’ परिषदको प्रशासन विभागमा कार्यरत ती कर्मचारीले भनिन्, ‘पुरुषको प्रधानता रहेको खेलकुदमा पहिलो पटक ओलम्पिकलाई छनोट हुने, एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने जस्ता बहादुरीपूर्ण काम उहाँले गर्नुभएको थियो । त्यसको फल राजनीति गरेर नेतृत्वमा आएकाहरुले यसरी दिएका छन् । खेलकुदमा महिलाको उपस्थितीलाई सरकारबाटै गरिने यस्ता विभेदले कुनै पनि हालतमा प्रोत्साहित गर्दैन । सबै कुरामा सक्षम भए पनि उहाँले महिला भएकै कारण राजनीतिक निर्णयको सिकार हुनुपरेको छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो