भाद्र २२, २०८१ शनिबार | १७:४१:४७
लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित

पलेशालाई राष्ट्रपति पौडेलको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलसँग पलेशा गोबर्धन ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धन राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएकी छन् ।

शीतल निवासमा पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।

उनीहरूले प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएका थिए । राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यो सफलताबाट देशको शीर उचो भएको र अर्को पटक स्वर्ण पदक अपेक्षा गरेको बताए ।

नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर टोलीलाई स्वागत गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु /आमा र खेल संघका पदाधिकारीलगायतको उपस्थिती थियो ।

पलेशा गोबर्धनलाई सम्मान गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।
 

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको अहिले सम्मकै ठूलो पदक हो ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024