चैत्र १२, २०८२ बिहीबार | २१:३१:३४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सैनिक र मोक्क्षदा क्वार्टरफाइनलमा

क्रिएटिभविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित सैनिकका राजदीप आचार्य ।

काठमाडौं । सैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुलले जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । 

मुलपानी क्रिकेट मैदान (तल्लो) मा बुधबार सैनिकले क्रिएटिभ स्कुलविरुद्ध ५८ रनको सहज जित दर्ता गर्यो ।

लगातार जितसँगै दुई खेलमा चार अंक जोडेको सैनिकले समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । क्रिएटिभले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । यसअघि सैनिकले नेक्सस इन्टरनेसनल स्कुललाई पराजित गरेको थियो ।

सैनिकले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको क्रिएटिभ १८.३ ओभरमा ६९ रनमै समेटियो ।

क्रिएटिभका लागि सौगात धामीले २०, शुलभ न्यौपानेले ११ र जयान्द्र विष्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सैनिकका लागि सफल पौडेल र कप्तान राजदीप आचार्यले समान तीन तथा उत्सव नेपालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि राजदीप आर्चायले ६४ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी गौरव कार्कीले १७ र रिशु साहले १० रन बनाए ।

क्रिएटिभका लागि विराट देवकोटा र शुलभ न्यौपानेले समान दुई विकेट लिए ।

यता लगातार दोस्रो जितसँगै चार अंक जोडेको मोक्क्षदा समूह ‘बी’ को विजेता बन्यो । मोक्क्षदाले बुधबार जेम्स स्कुलविरुद्ध ८६ रनको सानदार जित जित दर्ता गर्यो ।

यसअघि मोक्क्षदाले त्रियोग स्कुलविरुद्ध १३५ रनको सानदार जित निकालेको थियो ।

यसैगरी बुधबारै सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा अपी  स्कुलले लर्निङ रिलेम इन्टरनेसल स्कुलविरुद्ध ५७ तथा समूह ‘डी’ को  खेलमा नेपाल पुलिस क्लबले भ्याली पब्लिक स्कुलविरुद्ध ८५ रनको जित दर्ता गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो