माघ १५, २०८२ बिहीबार | २१:२१:२५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सैनिक र मोक्क्षदा क्वार्टरफाइनलमा

क्रिएटिभविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित सैनिकका राजदीप आचार्य ।

काठमाडौं । सैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुलले जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । 

मुलपानी क्रिकेट मैदान (तल्लो) मा बुधबार सैनिकले क्रिएटिभ स्कुलविरुद्ध ५८ रनको सहज जित दर्ता गर्यो ।

लगातार जितसँगै दुई खेलमा चार अंक जोडेको सैनिकले समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । क्रिएटिभले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । यसअघि सैनिकले नेक्सस इन्टरनेसनल स्कुललाई पराजित गरेको थियो ।

सैनिकले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको क्रिएटिभ १८.३ ओभरमा ६९ रनमै समेटियो ।

क्रिएटिभका लागि सौगात धामीले २०, शुलभ न्यौपानेले ११ र जयान्द्र विष्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सैनिकका लागि सफल पौडेल र कप्तान राजदीप आचार्यले समान तीन तथा उत्सव नेपालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि राजदीप आर्चायले ६४ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी गौरव कार्कीले १७ र रिशु साहले १० रन बनाए ।

क्रिएटिभका लागि विराट देवकोटा र शुलभ न्यौपानेले समान दुई विकेट लिए ।

यता लगातार दोस्रो जितसँगै चार अंक जोडेको मोक्क्षदा समूह ‘बी’ को विजेता बन्यो । मोक्क्षदाले बुधबार जेम्स स्कुलविरुद्ध ८६ रनको सानदार जित जित दर्ता गर्यो ।

यसअघि मोक्क्षदाले त्रियोग स्कुलविरुद्ध १३५ रनको सानदार जित निकालेको थियो ।

यसैगरी बुधबारै सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा अपी  स्कुलले लर्निङ रिलेम इन्टरनेसल स्कुलविरुद्ध ५७ तथा समूह ‘डी’ को  खेलमा नेपाल पुलिस क्लबले भ्याली पब्लिक स्कुलविरुद्ध ८५ रनको जित दर्ता गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।