चैत्र १२, २०८२ बिहीबार | २१:४५:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गेटवेको सानदार जित

काठमाडौं ।  गेटवे एकेडेमीले जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा मंगलबार विसडम इङ्लिस एकेडेमीविरुद्ध १८४ रनको सानदार जित दर्ता गरेको ।

यससँगै विजयी सुरुआत गरेको गेडवेले दुई अंक जोडेको छ । विसडमको भने सुरुआत राम्रो हुन सकेन ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा गेटवेले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको विसडम १२ ओभरमा ३४ रनमै समेटियो ।  उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विसडमका ६ ब्याटर रनको खाता पनि खोल्न नपाइ पेभेलियन फर्किए । गेटवेका लागि साइमन पन्त र सुलभ तिमिल्सिनाले समान तीन तथा अमित पटेल र कप्तान सबिन अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

गेटवेका लागि सबिर अन्सारीले ५६ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे । यसैगरी मुर्सिद इक्बालले ५२ बलमा सात चौकासहित अविजित ७१ र उज्वल गुप्ताले १५ रन बनाए ।

तेस्रो विकेटका लागि सबिर र मुर्सिदले अविजित ८५ रनको साझेदारी गरेका थिए । विसडमका लागि अन्शु पटेलले एक विकेट लिए ।

मंगलबारै सम्पन्न अन्य खेलमा अपी स्कलले डिएभी सुशील केडिया विश्व भारती ‘बी’ लाई ५४ रनले पराजित गर्यो । यसैगरी त्रियोग र जेम्स स्कुल तथा पिक प्वाइट एकेडेमी र डिएभी सुशील केडिया विश्व भारती ‘ए’ बीचको खेल वर्षाका कारण रद्द भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो