चैत्र १३, २०८२ शुक्रबार | ०२:२०:३६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मेयर कप फुटबलको तयारी पूरा

सांकेतिक तस्विर ।

नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता-२०८१ शनिबार देखी नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको छात्र तर्फ २१ विद्यालयको सहभागिता छ ।

समुह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि, ब्राइटल्यान्ड मावि, ड्रिमल्यान्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल छन् ।

यसैगरी समुह ‘बी’ मा आदर्श मावि, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रिनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाइटेड र नेपालगन्ज मोडेल एकेडेमी  छन् । प्रतियोगिताको फाइनल  फागुन ३ गते हुनेछ ।

आयोजक संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताले विद्यालयस्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष  शाहीले बताए । ‘मेयर कप भनेको विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यस प्रतियोगितामा राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रूपमा आफुलाई अगाडी बढाउन सक्छन्,’ शाहीले भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो