चैत्र १२, २०८२ बिहीबार | २२:४७:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुष्पसदन अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता अर्को साता

प्रतियोगिताको बारेमा जानकरी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यालयले शनिबारपत्रकार सम्मेलन गर्दै पुस २७ देखि २९ गतेसम्म पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी दियो ।

पुष्पसदनकै विद्यालय परिसरमा हुने बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३०० खेलाडीको सहभागीता रहने विद्यालयका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताान सिक्किमबाट १० खेलाडीको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर र विदेशी टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीअनुसार सात चरणमा सञ्चालन गरिने प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि , १५ वर्षमुनि उमेरका छात्र तथा छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् ।

१०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा कास्यँ पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका खेलकुद संयोजक एवं प्रतियोगिता संयोजक राजु लामाले जानकारी दिए ।

यस्तै आगामी माघ २४ देखि २६ गतेसम्म काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो