माघ ११, २०८२ आइतबार | ०७:१३:३६
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

ब्रिटिस कप फुट्सलको उपाधि आइएसएमटीलाई

उपाधिका साथ विजेता टोली ।

काठमाडौं । आइएसएमटी कलेजले मंगलबार फाइनलमा थेम्स कलेजलाई पराजित गर्दै पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजको आयोजनामा तीन दिन चलेको प्रतियोगिताको फाइनलमा आइएसएमटीले पेनाल्टी सुटआउटमा जित हासिल गरेको थियो ।

प्रतियोगितामा विजेता आइएसएमटीका रुपेश गिरी सर्वाधिक गोल गर्न सफल भए भने सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । उपविजेता थेम्सका मिलन गोदार थापाले भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते । यसैगरी नाथम कलेजले फेयर प्ले अवार्ड पायो ।

प्रतियोगिताको विजेता आइएसएमटीले पुरस्कारस्वरुप उपाधिसँगै १ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेता थेम्सले ५० हजार रुपैयाँ नगद पुरस्कार पायो । यसैगरी व्यक्तिगत विधामा उत्कृष्ट घोषित हुने मिलन, रुपेश र सनम तथा फेयर प्लेको अवार्ड पाएको नाथमलाई १० हजार रुपैयँका दरले पुरस्कृत गरियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी गोलकिपर विशाल श्रेष्ठले प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट घोषित खेलाडीहरुलाई पुरस्कृत गरे ।

लिगकम नकआउट प्रणालीमा प्रतियोगिताको उपाधिका लागि विभिन्न कलेजका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा च्याम्पियन आइएसएमटी कलेज र उपविजेता थेम्स कलेजसँगै आयोजक ब्रिटिस कलेजको ह्वाइट र ब्लु गरि दुुई टिमले भाग लिएका थिए ।

यसैगरी सनवे कलेज, काठमाडौं विश्वविद्यालयको ‘बी’ टिम, द वेस्टमिन्स्टर कलेज, आइआइएमएस कलेज, न्याथम कलेज, सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज, प्राइम कलेज, भेदास कलेज, ब्रिटिस प्रोफेशनल कलेज, एपेक्स कलेज र टेक्सपायरको सहभागिता थियो ।

प्रतियोगितालाई हस्पिटालिटी पार्टनरका रुपमा गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनरका रुपमा ह्याम्स हस्पिटल, ट्राभल पार्टनरका रुपमा स्वा होलिडेज, र प्रिन्टिङ पार्टनरका रुपमा हलफ्याक्सले सघाएका थिए ।

विजेतालाई पुरस्कृत गर्ने क्रममा कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले लगातार पाँच संस्करणसम्म प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सकेकोमा खुसी व्यक्त गर्दै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

आयोजक ब्रिटिस कजेलका मार्केटिङ प्रमूख अमरदीप मण्डलले प्रतियोगिताका सहभागी तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । त्यस्तै कलेजका अतिरिक्त कृयाकलाप संयोजक सुदीप भट्टराईले आगामी संस्करण अझै भव्य रुपमा सम्पन्न गर्ने बताए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate