चैत्र १६, २०८२ सोमबार | १५:४०:४५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

प्रदीप, प्रणव, निशन र ऋतिक सेमिफाइनलमा

काठमाडौं । प्रदीप खड्का, प्रणव खनाल, निशन श्रेष्ठ र ऋतिक रानाले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६-३, ६-४ तथा प्रणवले गौरवप्रताप सिंहलाई ६-०, ६-० को सोझो सेटमा निराश पार्दै अन्तिम चारको यात्रा गरेका हुन् ।

यसैगरी निशनले तीन सेटसम्म मेहनत गर्दै निहल जंगबहादुर थापालाई ६-१, ४-६, ६-३ ले पराजित गरे भने ऋतिकले प्रणव मानन्धरलाई ६-३, ६-४ को सोझो सेटमा निराश पारे ।

पुरुषतर्फ ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले बिहीबार जितका साथ फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६-३, ६-१ तथा कमलले सन्तोष कार्कीलाई ६-४, ६-४ को सोझो सेटमा हराए ।

४५ वर्षमाथिको पुरुष एकलमा महेश श्रेष्ठ र विमलकुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन् ।  महेशले रोहित सुनुवारलाई ६-३, ६-४ तथा विमलले मनोजविक्रम शाहलाई ६-४, ६-० को नतिजामा हराए ।

५५ वर्षमाथिको पुरुष एकलमा उत्तमकुमार लामा र विमलकुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् । विमलले जीवन घिमिरेलाई ६-३, ६-४ तथा उत्तमले निरञ्जनकुमार श्रेष्ठलाई ६-३, ६-४ ले हराए ।

पुरुषको ६५ वर्षमाथि एकलमा विदुर बिष्टले हर्कबहादुर गुरुङलाई ४-२, ४-० ले हराएर फाइनलमा स्थान बनाए । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारसँग प्रतिस्पर्धा गर्नेछन् । ताम्राकारले भरत रायमाझीबाट वाकओभर पाएर फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको  छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो