माघ १७, २०८२ शनिबार | १४:०५:२६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

प्रदीप, प्रणव, निशन र ऋतिक सेमिफाइनलमा

काठमाडौं । प्रदीप खड्का, प्रणव खनाल, निशन श्रेष्ठ र ऋतिक रानाले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६-३, ६-४ तथा प्रणवले गौरवप्रताप सिंहलाई ६-०, ६-० को सोझो सेटमा निराश पार्दै अन्तिम चारको यात्रा गरेका हुन् ।

यसैगरी निशनले तीन सेटसम्म मेहनत गर्दै निहल जंगबहादुर थापालाई ६-१, ४-६, ६-३ ले पराजित गरे भने ऋतिकले प्रणव मानन्धरलाई ६-३, ६-४ को सोझो सेटमा निराश पारे ।

पुरुषतर्फ ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले बिहीबार जितका साथ फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६-३, ६-१ तथा कमलले सन्तोष कार्कीलाई ६-४, ६-४ को सोझो सेटमा हराए ।

४५ वर्षमाथिको पुरुष एकलमा महेश श्रेष्ठ र विमलकुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन् ।  महेशले रोहित सुनुवारलाई ६-३, ६-४ तथा विमलले मनोजविक्रम शाहलाई ६-४, ६-० को नतिजामा हराए ।

५५ वर्षमाथिको पुरुष एकलमा उत्तमकुमार लामा र विमलकुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् । विमलले जीवन घिमिरेलाई ६-३, ६-४ तथा उत्तमले निरञ्जनकुमार श्रेष्ठलाई ६-३, ६-४ ले हराए ।

पुरुषको ६५ वर्षमाथि एकलमा विदुर बिष्टले हर्कबहादुर गुरुङलाई ४-२, ४-० ले हराएर फाइनलमा स्थान बनाए । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारसँग प्रतिस्पर्धा गर्नेछन् । ताम्राकारले भरत रायमाझीबाट वाकओभर पाएर फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको  छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।