चैत्र ११, २०८२ बुधबार | १४:०३:३३
सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो

प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्सतर्फको उपाधि

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६, ६–० को सेटमा हराइन् । समग्र करियरमा प्रदीपको चौथो र सलोनीको पाँचौं सिंगल्स उपाधि हो । प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि विजेता बनेका थिए । सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भए । पुरुष/महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार हात पारे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६–२, ६–२ को सीधा सेटमा फाइनलमा पाखा लगाउदै पहिलो स्थान हात पारे । ३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६–२, ६–४ ले पन्छाए । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बने । विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४–६, ६–४, १०–७ ले निराश पारे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मारे । दीपकमान श्रेष्ठ विरुद्धको फाइनलमा थापाले पहिलो सेट ४–० ले आफ्नो पक्षमा पारे । दोश्रो सेटमा थापा ३–० ले अघि रहेको अवस्थामा श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६–२, ६–० को सहज जित रचे ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । सदस्यसचिव घिसिङले खेल क्षेत्रको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै टेनिस प्रतियोगितालाई मुख्य प्रायोजन गरेकोमा सिटिजन्स बैंकप्रति आभार प्रकट गरे ।

वैशाख ११ गतेदेखि सुरु प्रतियोगितामा १ सय ७८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार ५ लाख १७ हजार ५ सय रहेको थियो । खेल राखेपको कोर्टसहित आर्मी अफिसर्स क्लब, भद्रकालीको कोर्टमा पनि भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो