माघ १८, २०८२ आइतबार | ११:३०:३१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

युगल उपाधिमा नेपाली खेलाडीको कब्जा

काठमाडौं । एसियाली यु १४ वरियता टेनिस प्रतियोगिता अन्तर्गत सर्किट दुईको छात्र र छात्रा दुवैतर्फको युगल उपाधि नेपाली जोडीले जितेका छन् ।

छात्रातर्फ प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बुधबार भएको फाइनलमा संवृद्धि महर्जन र आध्या पौडेलको जोडीमाथि ६-४, ६-३ को सोझो सेटमा जित हासिल गर्दै उपाधिमा कब्जा जमाए । प्रशंसा र सुनिराको जोडीले सर्किट एकमा पनि उपाधि जितेको थियो ।


छात्रतर्फ सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीमाथि सोझो सेटमा जित हासिल गर्दै च्याम्पियन बनेको छ । सक्षम र दर्शिलको जोडीले ६-२, ६-२ को सहज जित निकालेको थियो । सर्किट एकमा सक्षमले आयुश्मान हजुर घलेसँगको जोडी जमेर उपाधि जितेका थिए ।

छात्र एकलको सेमिफइनलमा विजय हासिल गर्दै नेपालका दुई खेलाडी सक्षम र दर्शिलले एक-अर्काविरुद्धको फाइनलयात्रा पक्का गरेका छन् । सक्षमले पाकिस्तानका अमिर मुहम्मद खान मजारीमाथि ६-३, ६-१ को जित हासिल गर्दा दर्शिलले भारतका सिद्धार्थ जिबुमाथि ६-१, ६-१ को जित निकालेका थिए ।

यसैगरी छात्रा एकलमा पनि फाइनल दुई नेपाली खेलाडीबीच हुने पक्का भएको छ । बुधबारको सेमिफाइनलमा सुनिरा थापाले आध्या पौडेलमाथि ६-३, ७-५ तथा प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-१, ६-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । एकलतर्फका दुवै फाइनल बिहीबार हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।