चैत्र १०, २०८२ मंगलबार | १८:२०:४७
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

युगल उपाधिमा नेपाली खेलाडीको कब्जा

काठमाडौं । एसियाली यु १४ वरियता टेनिस प्रतियोगिता अन्तर्गत सर्किट दुईको छात्र र छात्रा दुवैतर्फको युगल उपाधि नेपाली जोडीले जितेका छन् ।

छात्रातर्फ प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बुधबार भएको फाइनलमा संवृद्धि महर्जन र आध्या पौडेलको जोडीमाथि ६-४, ६-३ को सोझो सेटमा जित हासिल गर्दै उपाधिमा कब्जा जमाए । प्रशंसा र सुनिराको जोडीले सर्किट एकमा पनि उपाधि जितेको थियो ।


छात्रतर्फ सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीमाथि सोझो सेटमा जित हासिल गर्दै च्याम्पियन बनेको छ । सक्षम र दर्शिलको जोडीले ६-२, ६-२ को सहज जित निकालेको थियो । सर्किट एकमा सक्षमले आयुश्मान हजुर घलेसँगको जोडी जमेर उपाधि जितेका थिए ।

छात्र एकलको सेमिफइनलमा विजय हासिल गर्दै नेपालका दुई खेलाडी सक्षम र दर्शिलले एक-अर्काविरुद्धको फाइनलयात्रा पक्का गरेका छन् । सक्षमले पाकिस्तानका अमिर मुहम्मद खान मजारीमाथि ६-३, ६-१ को जित हासिल गर्दा दर्शिलले भारतका सिद्धार्थ जिबुमाथि ६-१, ६-१ को जित निकालेका थिए ।

यसैगरी छात्रा एकलमा पनि फाइनल दुई नेपाली खेलाडीबीच हुने पक्का भएको छ । बुधबारको सेमिफाइनलमा सुनिरा थापाले आध्या पौडेलमाथि ६-३, ७-५ तथा प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-१, ६-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । एकलतर्फका दुवै फाइनल बिहीबार हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो