माघ १९, २०८२ सोमबार | ०१:५८:३७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

अभिलाषा र प्रकृति महिला एकलकाे फाइनलमा

प्रकृति श्रेष्ठ

काठमाडाैं । अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७-५, ६-२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४-६, ६-३, ६-० को सेटमा पराजित गरे ।

पुरुष युगलमा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४-६, ६-४, १०-१ ले हराए । भेट्रान ६५ वर्षमाथि पुरुष एकलको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४-१, ४-० ले पराजित गर्दै उपाधि जिते ।

भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६-२, ७-६ (३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६-३,  ६-२ ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।

४५ वर्षमाथि पुरुष एकलमा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६-२, ६-२ को सोझो सेटमा स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष युगलमा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६-४, ६-४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे ।
 

जुनियरः  सरालाई दोहोरो स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन् । सराले यु-९ र यु-१० गर्ल्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु-९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४-०, ४-१ ले पराजित गरिन् । अर्को फाइनलमा सराले अनुश्री धोजुमाथि ६-२ र ७-६(१३) को जित दर्ता गरिन् ।

यु-१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइकेललाई ६-३, ६-३ ले हराउँदै उपाधि जिते ।

यु–१२ गल्र्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६-१, ६-० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थानमा कब्जा गरिन् । यु-१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्यालले बोरिस अधिकारीलाई ६-२,  ६-३ ले  स्तब्ध बनाउँदै च्याम्पियन भए  ।

ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६-० र  ६-० तथा अद्रिन थापा र दीर्घायु लामाको जोडीले रनिश श्रेष्ठ र युभेनमान श्रेष्ठको जोडीलाई ६-१, ६-३ को सेटमा पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरे ।

गर्ल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले अभ्नी क्षेत्री र नताशा गुप्ताको जोडीलाई ६-०, ६-० तथा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीले तभिसी राणा र लुनिभा शाक्यको जोडीलाई ६-४, ६-३ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।