चैत्र १८, २०८२ बुधबार | ०४:१५:३४
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

अभिलाषा र प्रकृति महिला एकलकाे फाइनलमा

प्रकृति श्रेष्ठ

काठमाडाैं । अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७-५, ६-२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४-६, ६-३, ६-० को सेटमा पराजित गरे ।

पुरुष युगलमा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४-६, ६-४, १०-१ ले हराए । भेट्रान ६५ वर्षमाथि पुरुष एकलको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४-१, ४-० ले पराजित गर्दै उपाधि जिते ।

भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६-२, ७-६ (३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६-३,  ६-२ ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।

४५ वर्षमाथि पुरुष एकलमा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६-२, ६-२ को सोझो सेटमा स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष युगलमा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६-४, ६-४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे ।
 

जुनियरः  सरालाई दोहोरो स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन् । सराले यु-९ र यु-१० गर्ल्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु-९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४-०, ४-१ ले पराजित गरिन् । अर्को फाइनलमा सराले अनुश्री धोजुमाथि ६-२ र ७-६(१३) को जित दर्ता गरिन् ।

यु-१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइकेललाई ६-३, ६-३ ले हराउँदै उपाधि जिते ।

यु–१२ गल्र्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६-१, ६-० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थानमा कब्जा गरिन् । यु-१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्यालले बोरिस अधिकारीलाई ६-२,  ६-३ ले  स्तब्ध बनाउँदै च्याम्पियन भए  ।

ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६-० र  ६-० तथा अद्रिन थापा र दीर्घायु लामाको जोडीले रनिश श्रेष्ठ र युभेनमान श्रेष्ठको जोडीलाई ६-१, ६-३ को सेटमा पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरे ।

गर्ल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले अभ्नी क्षेत्री र नताशा गुप्ताको जोडीलाई ६-०, ६-० तथा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीले तभिसी राणा र लुनिभा शाक्यको जोडीलाई ६-४, ६-३ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो