माघ १८, २०८२ आइतबार | १८:३२:२६
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन फाउन्डेसनका अध्यक्ष समेत रहेका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे । उद्घाटनका अवसरमा निर्णायकको तर्फबाट टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डा तथा खेलाडीको तर्फबाट शिभाली गुरुङले शपथ ग्रहण गरेका थिए ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी २३ स्पर्धा समावेश छन् । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ५ हजार रुपैयाँ रहेको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्समा आर्यन गिरी, बोरिस अधिकारी, साम्दुप लामा, प्रसिद्ध मोक्तान, युगेन शेर्पा, विपुलविभोर अधिकारी र दर्शिल श्रेष्ठले जित हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अनिशमान श्रेष्ठ र वृजेश लाकौलले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, हरिबहादुर बस्नेत, विमल गुरुङ, मानबहादुर कटुवाल, हेमराज ढकाल र जोली टार्गेन विजयी भए । 

५५ वर्षमाथि पुरुष सिंगल्समा सुशिलराज पाण्डे तथा सुनिल गुरुङ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

यु-८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, आयान पन्त, रिधन श्रेष्ठ, कायन चालिसे, साहंस बस्नेत, शुभम श्रेष्ठ, जिवश भट्टराई र टोनिस श्रेष्ठले आ-आफ्नो खेलमा जित निकाले।

सो स्पर्धाको गर्ल्समा निम्ति कुँवर, रजिशा जोशी, पर्नभी राणा, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ, निशु गुप्ता, मान्भी क्षेत्री र तभिसी राणा विजयी भए । 

यु-९ ब्वाइज सिंगल्समा कायन चालिसे, तोनिस श्रेष्ठ, भिरल अग्रवाल र निश्चल ज्ञवालीले दोस्रो चरणको यात्रा तय गरे । यु-१० गर्ल्स सिंगल्समा स्वारह थापा र जिवश्री भट्टराईले पहिलो चरण पार गरे ।

यु-१२ ब्वाइज सिंगल्समा सन्दिप जिसी, संज्ञा रोका, सुजन कुइकेल, सानावाज हुसेन, अर्याशराज पौडेल र दर्शित अग्रवाल विजयी भए । उक्त स्पर्धाको गर्ल्मा जेनिशा ज्ञवाली विजयी भइन् ।  यु–१४ ब्वाइज सिंगल्समा साश्वत वज्राचार्य र सन्दिप विकले जित निकाले । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।