चैत्र १२, २०८२ बिहीबार | ०१:२६:०५
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन फाउन्डेसनका अध्यक्ष समेत रहेका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे । उद्घाटनका अवसरमा निर्णायकको तर्फबाट टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डा तथा खेलाडीको तर्फबाट शिभाली गुरुङले शपथ ग्रहण गरेका थिए ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी २३ स्पर्धा समावेश छन् । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ५ हजार रुपैयाँ रहेको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्समा आर्यन गिरी, बोरिस अधिकारी, साम्दुप लामा, प्रसिद्ध मोक्तान, युगेन शेर्पा, विपुलविभोर अधिकारी र दर्शिल श्रेष्ठले जित हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अनिशमान श्रेष्ठ र वृजेश लाकौलले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, हरिबहादुर बस्नेत, विमल गुरुङ, मानबहादुर कटुवाल, हेमराज ढकाल र जोली टार्गेन विजयी भए । 

५५ वर्षमाथि पुरुष सिंगल्समा सुशिलराज पाण्डे तथा सुनिल गुरुङ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

यु-८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, आयान पन्त, रिधन श्रेष्ठ, कायन चालिसे, साहंस बस्नेत, शुभम श्रेष्ठ, जिवश भट्टराई र टोनिस श्रेष्ठले आ-आफ्नो खेलमा जित निकाले।

सो स्पर्धाको गर्ल्समा निम्ति कुँवर, रजिशा जोशी, पर्नभी राणा, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ, निशु गुप्ता, मान्भी क्षेत्री र तभिसी राणा विजयी भए । 

यु-९ ब्वाइज सिंगल्समा कायन चालिसे, तोनिस श्रेष्ठ, भिरल अग्रवाल र निश्चल ज्ञवालीले दोस्रो चरणको यात्रा तय गरे । यु-१० गर्ल्स सिंगल्समा स्वारह थापा र जिवश्री भट्टराईले पहिलो चरण पार गरे ।

यु-१२ ब्वाइज सिंगल्समा सन्दिप जिसी, संज्ञा रोका, सुजन कुइकेल, सानावाज हुसेन, अर्याशराज पौडेल र दर्शित अग्रवाल विजयी भए । उक्त स्पर्धाको गर्ल्मा जेनिशा ज्ञवाली विजयी भइन् ।  यु–१४ ब्वाइज सिंगल्समा साश्वत वज्राचार्य र सन्दिप विकले जित निकाले । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो