लन्डन । नोभाक जोकोभिच एन्ड्रे रुबलेभमाथि पुनरामगमन जितसहित विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन ।
सर्बियाका जोकोभिचले सेन्टर कोर्टमा एन्ड्रेमासथ ४-६,६-१,६-४,६-३ को जित निकाले । यससँगै जोकोभिचले रोजर फेडेररको नाममा रहेको ग्रान्ड स्लाममा सर्वाधिक सेमिफाइनल प्रवेशको कीर्तिमान समेत बराबरी गरेका छन ।
पुरुष एकलतर्फ कीर्तिमानी २३ पटकका विजेता जोकोभिच २४ औं उपाधिबाट मात्र २ खेल टाढा छन । जोकोभिच सात पटकका विम्बल्डन विजेता समेत हुन ।
फेडेरर र सेरेना विलियम्सपछि ग्रान्ड स्लाममा ४ सय खेल खेल्ने जोकोभिच तेस्रो खेलाडी हुन । ती चार सय खेलमध्ये जोकोभिचले ३ सय ५३ खेल जितेका छन ।
जोकोभिचले सेमिफाइनलमा यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
