काठमाडौं । विश्व नम्बर १ सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले वर्षकाे दाेस्राे ग्रान्डस्लाम प्रतियोगिता युएस ओपन खेल्न पाउने भएका छन् ।
अमेरिकी सरकारले कोभिड-१९ विरुद्धको खोपक नीति परिवर्तन गरेसँगै जोकोभिचलाई युएस ओपन खेल्ने बाटो खुलेको हो ।
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई अब कोभिड-१९ विरुद्धको खोप अनिवार्य नगरिएको बताएको छ ।
यसअघि खोप अनिवार्य गरिएका कारण अमेरिका प्रवेश अनुमाती नपाएका जोकोभिचले यस वर्षको इन्डिय-वेल्स र मियामी ओपन मास्टर्स टेनिस प्रतियोगित गुमाएका थिए ।
जोकोभिचले गत वर्ष कोभिड-१९ को खोप नलगाएको कारण युएस ओपन गुमाएका थिए । २२ पटकको ग्राण्डस्लाम विजेता जोकेभिच ३ पटक युएस ओपन च्याम्पियन बनेका छन् ।
खोपकै कारण अघिल्लो वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन गुमएका जोकोभिचले यस वर्ष भने उक्त प्रतियोगिताको उपाधि जितेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
