चैत्र १३, २०८२ शुक्रबार | १०:३८:४५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

तेक्वान्दो विवादः राखपेले कारबाही गर्याे , अदालतद्वारा निरन्तरता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेज गरेका नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । बुधबार पाटन उच्च अदालतमा न्यायाधिशद्धय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निवेदकको अन्तिम निरुपण नभएसम्मकोलागि निरन्तरता प्रदान गरेको छ ।

पुस पाँचमा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघ सहित उसु र शारिरीक सुगठन संघ विघटन गरेको थियो । यसपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहने गरी तेक्वान्दो महासंघ गठन गरेको थियो ।

परिषद्को उक्त निर्णय विरूद्ध तेक्वान्दो संघले पाटन उच्च अदालतमा पुस आठमा रिट निवेदन दायर गरेको थियो । अदालतले ११ पुसमा अल्पकालिन अन्तरिम आदेश जारी गर्याे । पुस २० गते (बुधबार) दुवै पक्षलाई छलफलमा झिकाउँदै अदालतले पुस पाँच गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुद मन्त्रीस्तरिय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मकालागि कार्यन्वयन नगर्नु नगराउनु अन्तरिम आदेश दिएको हो ।  

राखेपद्वारा विघटित नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनको आदेश स्वागत गरेको छ । ‘न्याय प्रेमी तथा सदैव मुलुकको कानुन र विधिको शासनमा विश्वास गर्ने संस्था भएकोले यस संघ र तमाम तेक्वान्दो खेलाडी र खेल पदाधिकारीलाई पर्न गएको पिरमर्का बोकि न्यायको ढोका ढकढकाउन पुग्नुपरेको बाध्यतालाई आज सम्मानित अदालतले महसुस गरेको छ । सम्मानित उच्च अदालत पाटनबाट आदेशको हामी खेलाडी स्वागत गर्दै आभार प्रकट गर्दछौं,’ अध्यक्ष राणाले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।  

यसैगरी संघले नेपाली खेलाडी र खेलकर्मीमाथि हुने अन्याय, अत्याचार र खेल संस्थाहरूको स्वायततामाथिको हस्तक्षेपको अन्त हुने निश्चित रहेको विश्वास गरेको छ ।  यस्तै, संघले उद्धेश्य हासिल गर्नकालागि र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ । ‘तेक्वान्दो खेलको विकासमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्संग हातेमालो गर्दै अघि बढन तयार रहेका छौं,’ राणाले भनेका छन् ।

यद्यपि, यस आदेशसँगै तेक्वान्दोको विवाद मथ्थर नहुने र झनै बढ्ने खेलकुदसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो