माघ १४, २०८२ बुधबार | १६:५७:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

तेक्वान्दो विवादः राखपेले कारबाही गर्याे , अदालतद्वारा निरन्तरता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेज गरेका नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । बुधबार पाटन उच्च अदालतमा न्यायाधिशद्धय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निवेदकको अन्तिम निरुपण नभएसम्मकोलागि निरन्तरता प्रदान गरेको छ ।

पुस पाँचमा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघ सहित उसु र शारिरीक सुगठन संघ विघटन गरेको थियो । यसपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहने गरी तेक्वान्दो महासंघ गठन गरेको थियो ।

परिषद्को उक्त निर्णय विरूद्ध तेक्वान्दो संघले पाटन उच्च अदालतमा पुस आठमा रिट निवेदन दायर गरेको थियो । अदालतले ११ पुसमा अल्पकालिन अन्तरिम आदेश जारी गर्याे । पुस २० गते (बुधबार) दुवै पक्षलाई छलफलमा झिकाउँदै अदालतले पुस पाँच गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुद मन्त्रीस्तरिय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मकालागि कार्यन्वयन नगर्नु नगराउनु अन्तरिम आदेश दिएको हो ।  

राखेपद्वारा विघटित नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनको आदेश स्वागत गरेको छ । ‘न्याय प्रेमी तथा सदैव मुलुकको कानुन र विधिको शासनमा विश्वास गर्ने संस्था भएकोले यस संघ र तमाम तेक्वान्दो खेलाडी र खेल पदाधिकारीलाई पर्न गएको पिरमर्का बोकि न्यायको ढोका ढकढकाउन पुग्नुपरेको बाध्यतालाई आज सम्मानित अदालतले महसुस गरेको छ । सम्मानित उच्च अदालत पाटनबाट आदेशको हामी खेलाडी स्वागत गर्दै आभार प्रकट गर्दछौं,’ अध्यक्ष राणाले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।  

यसैगरी संघले नेपाली खेलाडी र खेलकर्मीमाथि हुने अन्याय, अत्याचार र खेल संस्थाहरूको स्वायततामाथिको हस्तक्षेपको अन्त हुने निश्चित रहेको विश्वास गरेको छ ।  यस्तै, संघले उद्धेश्य हासिल गर्नकालागि र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ । ‘तेक्वान्दो खेलको विकासमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्संग हातेमालो गर्दै अघि बढन तयार रहेका छौं,’ राणाले भनेका छन् ।

यद्यपि, यस आदेशसँगै तेक्वान्दोको विवाद मथ्थर नहुने र झनै बढ्ने खेलकुदसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।