माघ १०, २०८२ शनिबार | २३:०७:४९
एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ?

सागको सयौं स्वर्णमा सक्षमको नाम

दक्षिण एसियाली खेलकुद (नवौं संस्करणसम्म साफ तथा १०औं संस्करणपछि साग) मा नेपालका लागि पहिलो स्वर्ण पदक कुन खेलाडीले जितेका थिए त ? यसको उत्तर आउँछ, धावक वैकुण्ठ मानन्धर । उनले सन् १९८४ मा काडमाडौंमै भएको प्रतियोगिता (तत्कालीन साफ) मा म्याराथनतर्फ उक्त पदक जितेका थिए ।

त्यसो भए, दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो यो कुम्भमेलामा नेपालले समग्रमा जितेको सय स्वर्ण कसको नाममा छ त ?

आखिरमा यो पनि त उत्तिकै ऐतिहासिक स्वर्ण हो । यसको हकदार बनेका थिए, सक्षम कार्की । अवसर, २०१९ को १३औं साग हो । अनि उनी हुन् तेक्वान्दोका खेलाडी । भाग्यले उनकै नाममा लेखिएको छ, त्यो स्वर्ण पदक । आर्मीका सक्षमले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा भएको पुरुष ८७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७-९ को स्कोरमा हराएका थिए ।

खासमा नेपाली पत्रकार त्यही अवसरको प्रतीक्षामा थिए । सबैले यसका लागि गृहकार्य गरिसकेका थिए । जतिबेला यसबारे उनलाई प्रश्न सोधिएको थियो, सुरुमा त उनी छक्क परे । पछि खुसी व्यक्त गरे । सक्षमले जितेको त्यो नेपालका लागि प्रतियोगिताको २९ औं स्वर्ण थियो । यस १३ औं साग संस्करणमा नेपालले पहिलो पटक ऐतिहासिक रूपमा सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो ।

त्यसमध्ये सक्षमकै स्वर्ण विशेष रह्यो । सन् १९८४ को पहिलो सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । सन् १९८५ मा एक मात्रै स्वर्ण जित्दा सन् १९८७ मा दुई स्वर्ण पदक हात प¥यो । सन् १९८९ मा नेपालले एकमात्रै स्वर्ण प्राप्त गर्दा सन् १९९१ मा फेरि दुई स्वर्ण जित्यो । सन् १९९३ मा एक र सन् १९९५ मा चार तथा सन् १९९९ को आठौं सागमा भने नेपालले एकै पटक ३२ स्वर्ण पदक जित्यो ।

यस्तै सन् २००४ मा सात स्वर्ण हात पार्दा सन् २००६ मा सात स्वर्ण नेपालको नाममा रह्यो । सन् २०१० मा आठ र सन् २०१६ मा तीन र १३ औं सागमा सक्षमले नेपालका लागि २९ स्वर्ण हात पर्दा १०० औं स्वर्ण नेपालको नाममा आएको हो । हालसम्म सागमा नेपालको स्वर्णसंख्या एक सय २१ रहेको छ ।  


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate