चैत्र १४, २०८२ शनिबार | ०६:३९:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेलकुदः तेक्वान्दोमा नेपालको यात्रा समाप्त

काठमाडौं । पुरुष ८० केजी माथिको अन्तिम-१६ मा बिहीबार ज्याकी यादवले बिहिबार जोर्डनका एनस सादेककोसँग २-० ले पराजित भएसँगै चीनको हाङझाउमा जारी १९ औं एसियली खेलकुदको तेक्वान्दोमा नेपालको यात्रा समाप्त भएको छ ।

एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपालका ११ खेलाडीले सहभागिता जनाएका थिए । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु ,पुरुष ६३ केजीमुनिमा गोविन्दबहादुर आले र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

पुरुष ८० केजीमुनिमा ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै सिमिति बन्यो  ।

पुरुष ६८ केजीमुनिमा चाइनिज ताइपेइका यि जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महर अन्तिम १६ बाटै बाहिरिए ।

यसैगरी इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम-१६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजी मुनिमा इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् ।

गोविन्दबहादुर पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम-३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम-१६ मा प्रवेश गरेका थिए ।

अन्तिम-१६ मा भने गोविन्द थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुँदै बाहिरिए ।

यसैगरी महिला ५३ केजीमुनिको अन्तिम-१६ मा आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित भइन् ।

सन्ध्याकुमारी सिंह लेबनानकी लाइतितिए आउनसँग २-० ले निरास हुँदै महिला ५७ केजीमुनिको अन्तिम-१६ बाटै बाहिरिइन् ।

क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर चीनमा  नेपाललाई पदक दिलाउन चुके ।

प्रेमले ७.१६० अंक प्राप्त गर्दा पेरेजले ७.५६० अंक प्राप्त गरे । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो ।

प्रेमले त्यसअघि अन्तिम-१६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । प्रेमले ७-३६० तथा कादिरले ७.२५० अंक ल्याए ।

त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको छ । अन्तिम-१६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० तथा दियानाले ७.६०० अंक जोडेका थिए।

महिला ४९ केजी तौलसमूहको अन्तिम-१६ मा  अञ्जली  थाइल्यान्डकी पानिपाक वानपतानमितसँग २-० ले पराजित भइन् । उनले पहिलो चरणमा कम्वोडियाकी लिडेन क्रिलाई २-० ले पराजित गरेकी थिइन् ।

यसैगरी पुरुष ५८ केजी तौलसमूहमा साउदी अरेबियाका रियाद नासर हाम्दीसँग २-० ले पराजित भएपछि राहुल कुमालको यात्रा अन्तिम-३२ मै टुङ्गियो ।

पदकको निकै आशा गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निरासनजनक प्रदर्शन गरे ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो