माघ २, २०८२ शुक्रबार | ०७:५१:३८
अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

एसियाली खेलकुदः तेक्वान्दोमा नेपालको यात्रा समाप्त

काठमाडौं । पुरुष ८० केजी माथिको अन्तिम-१६ मा बिहीबार ज्याकी यादवले बिहिबार जोर्डनका एनस सादेककोसँग २-० ले पराजित भएसँगै चीनको हाङझाउमा जारी १९ औं एसियली खेलकुदको तेक्वान्दोमा नेपालको यात्रा समाप्त भएको छ ।

एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपालका ११ खेलाडीले सहभागिता जनाएका थिए । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु ,पुरुष ६३ केजीमुनिमा गोविन्दबहादुर आले र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

पुरुष ८० केजीमुनिमा ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै सिमिति बन्यो  ।

पुरुष ६८ केजीमुनिमा चाइनिज ताइपेइका यि जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महर अन्तिम १६ बाटै बाहिरिए ।

यसैगरी इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम-१६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजी मुनिमा इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् ।

गोविन्दबहादुर पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम-३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम-१६ मा प्रवेश गरेका थिए ।

अन्तिम-१६ मा भने गोविन्द थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुँदै बाहिरिए ।

यसैगरी महिला ५३ केजीमुनिको अन्तिम-१६ मा आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित भइन् ।

सन्ध्याकुमारी सिंह लेबनानकी लाइतितिए आउनसँग २-० ले निरास हुँदै महिला ५७ केजीमुनिको अन्तिम-१६ बाटै बाहिरिइन् ।

क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर चीनमा  नेपाललाई पदक दिलाउन चुके ।

प्रेमले ७.१६० अंक प्राप्त गर्दा पेरेजले ७.५६० अंक प्राप्त गरे । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो ।

प्रेमले त्यसअघि अन्तिम-१६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । प्रेमले ७-३६० तथा कादिरले ७.२५० अंक ल्याए ।

त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको छ । अन्तिम-१६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० तथा दियानाले ७.६०० अंक जोडेका थिए।

महिला ४९ केजी तौलसमूहको अन्तिम-१६ मा  अञ्जली  थाइल्यान्डकी पानिपाक वानपतानमितसँग २-० ले पराजित भइन् । उनले पहिलो चरणमा कम्वोडियाकी लिडेन क्रिलाई २-० ले पराजित गरेकी थिइन् ।

यसैगरी पुरुष ५८ केजी तौलसमूहमा साउदी अरेबियाका रियाद नासर हाम्दीसँग २-० ले पराजित भएपछि राहुल कुमालको यात्रा अन्तिम-३२ मै टुङ्गियो ।

पदकको निकै आशा गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निरासनजनक प्रदर्शन गरे ।  

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate