माघ १५, २०८२ बिहीबार | १३:२५:३८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

यु-१५ विद्यालय खेलकुदः जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

पोखरा । बागमती प्रदेशका जयस्नु महर्जनले यु-१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण पदकजितेका छन् । दुवै डबल्स स्पर्धामा पहिलो भए ।

पाखेरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीकै रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११-९, ११-५, १०-१२, ११-८ को सेटमा पराजित गरे । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडीले कांस्य पदक जिते ।

गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुसँग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११-७, ११-६, ८-११, ११-८ को सेटमा हराइन्। लुम्बिनीका सचिना पुरी र राशी बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडीले कांस्य पदक हात पारे ।

गर्ल्स डबल्सका स्वर्ण विजेता

यसैगरी मिक्स डबल्स फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८-११, ११-५, ९-११, ११-८, ११-७ को सेटमा हराए। कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडीले कांस्य पदक जिते ।

सातै प्रदेशबाट समान २८ ब्वाइज/ गर्ल्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । सिंगल ब्वाइज/गर्ल्सको फाइनल बिहीबार हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।