चैत्र ७, २०८२ शनिबार | १७:१८:१७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

काठमाडौं । ११ स्वर्ण पदकका साथ नेपाली टोली दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । 

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो । 

नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका र भूटानका २७४ खेलाडीहरुले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा पूरुषको १२, महिला ९ तथा पारा खेलको ४ सहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा पुरुष २५ केजी तौल समुहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे । 

त्यसैगरी महिला तर्फ नेपालबाट ४० केजी तौल समुहमा दिक्षा पुन,  ६५ केजी तौलमा दिपिका पटेल र खुल्ला तौल समुहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन् । 

त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतिक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन् । 

पुरुषतर्फ खुल्ला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते । 

यसअघि प्रतियोगिताको उद्घघाटन बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गरेका थिए । 

नेपाल सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र नम्वर २ बाट भर्खरै प्रतिनिधि सभामा निर्वाचित रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको समारोहमा बाग्मती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन विशेष अतिथीका रुपमा उपस्थित थिए । 

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए । 

प्रतियोगिता दक्षिण एसियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो