माघ १८, २०८२ आइतबार | १०:३६:१२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

काठमाडौं । ११ स्वर्ण पदकका साथ नेपाली टोली दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । 

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो । 

नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका र भूटानका २७४ खेलाडीहरुले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा पूरुषको १२, महिला ९ तथा पारा खेलको ४ सहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा पुरुष २५ केजी तौल समुहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे । 

त्यसैगरी महिला तर्फ नेपालबाट ४० केजी तौल समुहमा दिक्षा पुन,  ६५ केजी तौलमा दिपिका पटेल र खुल्ला तौल समुहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन् । 

त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतिक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन् । 

पुरुषतर्फ खुल्ला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते । 

यसअघि प्रतियोगिताको उद्घघाटन बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गरेका थिए । 

नेपाल सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र नम्वर २ बाट भर्खरै प्रतिनिधि सभामा निर्वाचित रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको समारोहमा बाग्मती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन विशेष अतिथीका रुपमा उपस्थित थिए । 

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए । 

प्रतियोगिता दक्षिण एसियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।