चैत्र ८, २०८२ आइतबार | २२:१६:३९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

करातेका उम्दा खेलाडी विप्लवलाल चर्चाको होडमा

काठमाडौं । करातेका उम्दा खेलाडी विप्लवलाल श्रेष्ठलाई भेट्नासाथ नै ‘पोजिटिभ भाइब्स’ मात्रै आउँछ । उनको मुहारमा सदाबहार एक विशेष खाले हाँसो देख्न सकिन्छ । 

उनीसँग एक क्षण मात्र कुराकानी गर्दा नै उनी कति मिजासिला छन् भनेर ठ्याक्कै थाहा हुन्छ । उनको व्यक्तित्व जत्ति नै हँसिलो भए पनि जब उनी खेलाडीका रूपमा भिड्न डोजोमा उत्रिन्छन्, उनी असाध्यै आक्रामक देखिन्छन् । नेपाली करातेका पछिल्लो पुस्ताका यी स्टार खेलाडीको अन्दाज बेग्लै छ ।

श्रेष्ठको सारा परिवार नै खेलकुदमय छ । उनका बुवा विजेन्द्रलाल श्रेष्ठ आफ्नो समयका खेलाडी थिए जसले करातेदेखि फुटबलसम्मका खेलहरु खेले । अझ उनका काका सुरेन्द्रलाल श्रेष्ठ त अन्तर्राष्ट्रिय कराते मञ्चमा नेपालको तर्फबाट सफल खेलाडी बन्न पुगे । उनको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९९९ मा काठमाडौँमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि जितेको स्वर्ण पदक हो । त्यो समयमा उनको स्टारडम गजबको थियो ।

काकाको उक्त उपलब्धीलाई नजिकबाट हेर्ने मौका पाएका विप्लवलाललाई पनि लाग्यो कि आफूले पनि केही गरेर देखाउनुपर्छ । त्यसैको लक्ष्यअनुरुप उनी कराँतेमा लाग्न पुगे । सुरुवाती दिनमा आफ्नी आमा शान्ता श्रेष्ठको हात समातेर कराँतेको यात्रा गरेका श्रेष्ठले आखिरमा आफ्नो काकालेसरी सफलता प्राप्त गरे । सन् २०१९ मा काठमाडौंमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेतर्फ स्वर्ण पदक हाँसिल गरेर उनले आफ्नो नाम इतिहासमा लेखाउन सफल भए ।

श्रेष्ठले सफताको बाटो पछ्याउन कहिले पनि छाडेनन् । चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा उनले गजबको प्रदर्शन देखाएर दुई बाउट जित्न सफल भए । त्यसको ठीक अगाडि इन्डानेसियाको जकार्तामा भएको विश्व सितोरियो कराँते च्याम्पियनसिपमा भने उनले रजत पदक जितेका थिए । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमितको खुला तौल तर्फ पनि उनले स्वर्ण जिते । साथै पहिलो एनआरएनए राष्ट्रिय च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पिनसिपमा पनि उनले स्वर्ण पदक हात पारे ।

करातेमा पाएको सफलताको फलस्वरुप नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणको पिपल्स च्वाइस अवार्डमा उनी पनि मनोनयनमा परेका छन्। विप्लवलालसँगै अन्य चार खेलाडीहरु पनि यस अवार्डका लागि मनोनयनमा पर्न सफल भएका छन् । अन्य खेलाडीहरु फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ हुन् । उक्त अवार्ड समारोह माघ २८ मा हुँदै छ । यो विधाका सम्भाविता बलिया विजेता विप्लवलाल श्रेष्ठ नै हुन् । विप्लव खेलाडीका रूपमा नेपाल पुलिससँग आवद्ध छन् ।

नेपाल पुलिस भित्रका खेलकुदप्रेमीहरु उनलाई जिताउन लागि परिरहेका छन् । विजेता चयन खेलाडीले प्राप्त गरेको भोटिङको आधारमा हुनेछ । त्यसमा इ–सेवा भोटिङ, आयोजक मञ्चका सदस्यको मत, सामाजिक सञ्जालबाट आउने मत तथा २७ खेलका प्रमुख प्रशिक्षकको मत समावेश हुनेछ भने त्यसमा इ-सेवाको मतले ५० प्रतिशत भाग ओगट्नेछ । सामाजिक सञ्जालको मतले २५ प्रतिशत भाग ओगट्नेछ । त्यसैले यी दुई माध्यमहरु बिजेता चयनमा हाबी हुनेछन् । विप्लवलालको प्रशंसकहरुका लागि उनको नाममा मतदान गर्ने यही नै उपयुक्त समय हो ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो