माघ १८, २०८२ आइतबार | ००:३९:२६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

इन्डो-नेपाल करातेः नेपाललाई ६ स्वर्ण

काठमाडौं । नवौं इन्डो -नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौल समूहमा आइपिएसका सुसन तामाङलाई हराउँदै शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जिते ।

। २५ केजीमूनि तौलस समूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आइपिएसका सुशन चौलागाइंलाइ पराजित गरे । ३० केजी तौलसमूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका शौरभ चौधरीलाई हराए ।

४० केजीमूनि तौलसमूहमा मित्रपार्क डोजोका श्रीयश शाहीले आफ्नै डोजोका प्रयास शाहीलाइ पराजित गर्दै स्वर्ण हात पारे  ।

पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको वर्चश्व रह्यो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राइले रजत र श्रीयस शाहीले कांस्य जिते । अर्को कांस्य सिएमएसका पुजन तामाङको नाममा रह्यो ।

महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जितिन्। चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राइले कांस्य हात पारे ।

महिला कुमुतेतर्फ ४० केजीमूनिमा लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कांस्य जिते ।

हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका  दुई ५० भन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोस्टर शहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कांस्य विजेता वमिल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कांस्य विजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार हुनेछ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।