चैत्र १२, २०८२ बिहीबार | १३:५४:४०
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

इन्डो-नेपाल करातेः नेपाललाई ६ स्वर्ण

काठमाडौं । नवौं इन्डो -नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौल समूहमा आइपिएसका सुसन तामाङलाई हराउँदै शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जिते ।

। २५ केजीमूनि तौलस समूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आइपिएसका सुशन चौलागाइंलाइ पराजित गरे । ३० केजी तौलसमूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका शौरभ चौधरीलाई हराए ।

४० केजीमूनि तौलसमूहमा मित्रपार्क डोजोका श्रीयश शाहीले आफ्नै डोजोका प्रयास शाहीलाइ पराजित गर्दै स्वर्ण हात पारे  ।

पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको वर्चश्व रह्यो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राइले रजत र श्रीयस शाहीले कांस्य जिते । अर्को कांस्य सिएमएसका पुजन तामाङको नाममा रह्यो ।

महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जितिन्। चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राइले कांस्य हात पारे ।

महिला कुमुतेतर्फ ४० केजीमूनिमा लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कांस्य जिते ।

हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका  दुई ५० भन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोस्टर शहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कांस्य विजेता वमिल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कांस्य विजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार हुनेछ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो