चैत्र १३, २०८२ शुक्रबार | १२:०५:४२
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार

क्योकुसिन कराते प्रतियोगिताः नवीन र एन्जिला उत्कृष्ट खेलाडी

काठकाडौं । नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमुनी एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरेका हुन् ।

४५ केजीमुनी एकिकृतका ठगेन्द्र बुढा मगरले विरगन्जका सागर दास, ५५ केजीमुनी एकिकृतका ईश्वर रोका मगरले एकिकृतकै राजमद बुढा मगर तथा ५५ केजीमाथि वीरगन्जका उमाकान्तले एकिकृतका मनोज पाण्डेलाई हराउदै स्वर्ण जिते ।

बानियाँटारमा भएको प्रतियोगिताको महिला २५ केजीमुनि मनमैजुकी कृशला लामाले मनमैजुकै रोमी चोधरी, ५० केजीमुनी मनमैजुकी कृष्मा लामाले एकिकृतकी श्रृष्टि शाही तथा ५० केजीमाथि मनमैजुकी सोफिला तामाङले मनमैजुकी कृष्ता तामाङलाई पाखा लगाउदै पहिलो भए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ, आयोजक एटेमीका ब्रान्च चिफ प्रदीप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न सात स्पर्धामा एक सय ७५ खेलाडी सहभागिता जनाएका थिए । 

प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा.एटिला गुवासीसहितको सात सदस्यीय टोली नेपालमा छन् । उक्त टोलीले सेमिनार पनि सञ्चालन गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो