माघ १७, २०८२ शनिबार | १८:३४:३२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

क्योकुसिन कराते प्रतियोगिताः नवीन र एन्जिला उत्कृष्ट खेलाडी

काठकाडौं । नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमुनी एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरेका हुन् ।

४५ केजीमुनी एकिकृतका ठगेन्द्र बुढा मगरले विरगन्जका सागर दास, ५५ केजीमुनी एकिकृतका ईश्वर रोका मगरले एकिकृतकै राजमद बुढा मगर तथा ५५ केजीमाथि वीरगन्जका उमाकान्तले एकिकृतका मनोज पाण्डेलाई हराउदै स्वर्ण जिते ।

बानियाँटारमा भएको प्रतियोगिताको महिला २५ केजीमुनि मनमैजुकी कृशला लामाले मनमैजुकै रोमी चोधरी, ५० केजीमुनी मनमैजुकी कृष्मा लामाले एकिकृतकी श्रृष्टि शाही तथा ५० केजीमाथि मनमैजुकी सोफिला तामाङले मनमैजुकी कृष्ता तामाङलाई पाखा लगाउदै पहिलो भए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ, आयोजक एटेमीका ब्रान्च चिफ प्रदीप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न सात स्पर्धामा एक सय ७५ खेलाडी सहभागिता जनाएका थिए । 

प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा.एटिला गुवासीसहितको सात सदस्यीय टोली नेपालमा छन् । उक्त टोलीले सेमिनार पनि सञ्चालन गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।