चैत्र १०, २०८२ मंगलबार | १८:५९:२०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

गल्फमा बागमतीलाई तीन स्वर्ण

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुवास तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फमा उपाधि जितेका छन् ।

पोखराको हिमालयन गल्फ कोर्समा शनिबार सम्पन्न प्रतियोगितामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै उपाधिमा कव्जा जमाएका हुन् । बागमतीका सदभावले रजत पदक जित्दा प्रदेश एकका युवराज भुजेलले कांस्य पदक जिते ।

महिलातर्फ बाग्मतीकी कस्मिरा शाहले स्वर्ण पदक जित्दा बागमतीकै तारा कार्कीले रजत र प्रदेश एककी सुष्मा सिग्देलले कांस्य पदक जितिन ।

टिम स्पर्धातर्फ बागमतीले पुरुष र महिला दुवैतर्फ स्वर्ण पदक जित्यो । पुरुष टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश एकले रजत र त्रिभुवन आर्मी क्लबले कांस्य पदक जित्यो ।

यसैगरी महिला टिममा बाग्मतीले स्वर्ण, प्रदेश एकले रजत तथा घरेलु टोली गण्डकीले कांस्य पदक जित्यो ।

टिम स्पर्धामा स्वर्ण जित्नेले जनही १५ हजार तथा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

कुल चार स्वर्ण पदकका लागि तीन दिनसम्म चलेको गल्फ प्रतियोगिता बाग्मतीलाई तीन तथा आर्मीलाई एक स्वर्ण पदक भिराउँदै शनिबार सम्पन्न भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो