चैत्र १३, २०८२ शुक्रबार | १७:१३:१७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नेपाल एमेच्योर ओपनकोः टिमतर्फ भारत च्याम्पियन

काठमाडौं । भारतका शात मिश्रा र सुमित कोटवाल १०औं नेपाल एमेच्योर ओपनमा टिमतर्फ च्याम्पियन बनेका छन् ।

भारतले नेपाल ‘बी’ टिमलाई ११ स्ट्रोकको फराकिलो अन्तरले पराजित गर्यो ।  गत संस्करण नेपालले टिमतर्फको उपाधि जितेको थियो।

३६ होलको समाप्तीमा भारतले ९-अन्डर २७९ को स्कोर खडा गर्दा शातले १३३ र सुमितले १४६ स्कोरको योगदान गरे ।

राहुल विश्वकर्मा र वाङचेन ढोन्डुप सम्मिलित नेपाल ‘बी’ टिम २-ओभर २९० को स्कोरमा उपविजेता बन्यो । राहुलले १३९ र वाङचेनले १५१ स्कोर बनाए।

सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल ए टिमले ३-ओभर २९१सहित तेस्रो स्थान प्राप्त गर्यो।

यसैगरी  पुरुष स्पर्धामा भारतका शात मिश्रा ११-अन्डर १३३ को सानदार स्कोरमा नेपालका राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन्।

पहिलो दिनका संयुक्त लिडर शातले आज दिनकै उत्कृष्ट ६-अन्डर ६६ को स्कोर दर्ज गरे। नेपालका राहुलले इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदै समग्रमा ५-अन्डर १३९ सहित दोस्रो स्थानमा झरे।

समग्रमा १-अन्डर १४३ को स्कोरमा भारतका सुरज जोशी र नेपालका सद्भाव आचार्य संयुक्तरुपमा तेस्रो स्थानमा  छन्।

सुरजले आज १-अन्डर ७१ र सदभावले २-ओभर ७४ को स्कोर निकाले। समग्रमा २-ओभर १४६ सहित साविक विजेता भारतका सुमित कोटवाल र बंगलादेशका सहाब उद्दिनले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। सुमितले १-ओभर ७३ र सहाबले २-ओभर ७४ को स्कोरमा दोस्रो दिनको खेल सकाए।

शातले लगातार दोस्रो दिन बोगी रहित कार्ड तयार पार्ने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। उनले तेस्रो देखि पाँचौ होलमा लगातार तीन बर्डी तथा सातौं, ११औं र १३औं होलमा एक/एक सट बचाउँदै कुल ६ बर्डी प्रहार गरे।

राहुलले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। तेस्रो र छेटौं होलमा बर्डी प्रहार गर्दा दोस्रो, चौथो र आठौं होलमा एक/एक सट खेर फाले। यसपछि १८औं होलको बोगीका विरूद्ध ११औं र १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले समग्रमा २-अन्डर १४२ सहित भारतकी दियाक्रिस कुमारमाथी ६ स्ट्रोकको अग्रता बनाएकी छन्। कायाले आज १-अन्डर ७१ को स्कोर खडा गरिन्। बिहीबार ४-ओभर ७६ खेलेकी दिया समग्रमा ४-ओभर १४८ सहित दोस्रो स्थानमा छिन्।

समग्रमा ७-ओभर १५१ सहित भारतकी अनाथी विवेक र मानवी सिंगानिया संयुक्तरुपमा तेस्रो स्थानमा छन्।

साविक विजेता नेपालकी कश्मीरा शाह समग्रमा १२-ओभर १५६ सहित पाँचौ स्थानमा तल झरिन। उनले आज १२-ओभर ८४ को प्रदर्शन गरिन। उनले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरे पनि ४ पारको १४औं होलमा ७ सट खेर फाल्दा खराब नतिजा आएको हो।

लिडर कायाले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाइन। यसपछि १५औं होलमा एक सट बचाए पनि १७औं होलमा डबल बोगी खेप्न बाध्य भइन। ब्याक नाइन १-ओभर ३७ मा पुरा गरिन्।

दियाले फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ र आठौं होलमा बोगी प्रहार गरिन्। सातौं र नवौं होलमा एक–एक बचाइन। यसपछि ११औं होलको बोगीले ब्याक नाइन १-ओभर ३७ मा पुरा गरिन्।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ ३१ र महिलातर्फ ८ खेलाडीले अन्तिम १८ होलको लागि कट बनाएका छन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो