माघ १५, २०८२ बिहीबार | ११:१७:४४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपाल एमेच्योर ओपनकोः टिमतर्फ भारत च्याम्पियन

काठमाडौं । भारतका शात मिश्रा र सुमित कोटवाल १०औं नेपाल एमेच्योर ओपनमा टिमतर्फ च्याम्पियन बनेका छन् ।

भारतले नेपाल ‘बी’ टिमलाई ११ स्ट्रोकको फराकिलो अन्तरले पराजित गर्यो ।  गत संस्करण नेपालले टिमतर्फको उपाधि जितेको थियो।

३६ होलको समाप्तीमा भारतले ९-अन्डर २७९ को स्कोर खडा गर्दा शातले १३३ र सुमितले १४६ स्कोरको योगदान गरे ।

राहुल विश्वकर्मा र वाङचेन ढोन्डुप सम्मिलित नेपाल ‘बी’ टिम २-ओभर २९० को स्कोरमा उपविजेता बन्यो । राहुलले १३९ र वाङचेनले १५१ स्कोर बनाए।

सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल ए टिमले ३-ओभर २९१सहित तेस्रो स्थान प्राप्त गर्यो।

यसैगरी  पुरुष स्पर्धामा भारतका शात मिश्रा ११-अन्डर १३३ को सानदार स्कोरमा नेपालका राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन्।

पहिलो दिनका संयुक्त लिडर शातले आज दिनकै उत्कृष्ट ६-अन्डर ६६ को स्कोर दर्ज गरे। नेपालका राहुलले इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदै समग्रमा ५-अन्डर १३९ सहित दोस्रो स्थानमा झरे।

समग्रमा १-अन्डर १४३ को स्कोरमा भारतका सुरज जोशी र नेपालका सद्भाव आचार्य संयुक्तरुपमा तेस्रो स्थानमा  छन्।

सुरजले आज १-अन्डर ७१ र सदभावले २-ओभर ७४ को स्कोर निकाले। समग्रमा २-ओभर १४६ सहित साविक विजेता भारतका सुमित कोटवाल र बंगलादेशका सहाब उद्दिनले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। सुमितले १-ओभर ७३ र सहाबले २-ओभर ७४ को स्कोरमा दोस्रो दिनको खेल सकाए।

शातले लगातार दोस्रो दिन बोगी रहित कार्ड तयार पार्ने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। उनले तेस्रो देखि पाँचौ होलमा लगातार तीन बर्डी तथा सातौं, ११औं र १३औं होलमा एक/एक सट बचाउँदै कुल ६ बर्डी प्रहार गरे।

राहुलले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। तेस्रो र छेटौं होलमा बर्डी प्रहार गर्दा दोस्रो, चौथो र आठौं होलमा एक/एक सट खेर फाले। यसपछि १८औं होलको बोगीका विरूद्ध ११औं र १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले समग्रमा २-अन्डर १४२ सहित भारतकी दियाक्रिस कुमारमाथी ६ स्ट्रोकको अग्रता बनाएकी छन्। कायाले आज १-अन्डर ७१ को स्कोर खडा गरिन्। बिहीबार ४-ओभर ७६ खेलेकी दिया समग्रमा ४-ओभर १४८ सहित दोस्रो स्थानमा छिन्।

समग्रमा ७-ओभर १५१ सहित भारतकी अनाथी विवेक र मानवी सिंगानिया संयुक्तरुपमा तेस्रो स्थानमा छन्।

साविक विजेता नेपालकी कश्मीरा शाह समग्रमा १२-ओभर १५६ सहित पाँचौ स्थानमा तल झरिन। उनले आज १२-ओभर ८४ को प्रदर्शन गरिन। उनले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरे पनि ४ पारको १४औं होलमा ७ सट खेर फाल्दा खराब नतिजा आएको हो।

लिडर कायाले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाइन। यसपछि १५औं होलमा एक सट बचाए पनि १७औं होलमा डबल बोगी खेप्न बाध्य भइन। ब्याक नाइन १-ओभर ३७ मा पुरा गरिन्।

दियाले फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ र आठौं होलमा बोगी प्रहार गरिन्। सातौं र नवौं होलमा एक–एक बचाइन। यसपछि ११औं होलको बोगीले ब्याक नाइन १-ओभर ३७ मा पुरा गरिन्।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ ३१ र महिलातर्फ ८ खेलाडीले अन्तिम १८ होलको लागि कट बनाएका छन्। 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।