चैत्र ११, २०८२ बुधबार | ०४:१४:२१
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

पहिलो दिन भुवन नगरकोटी अगाडी

तस्बिर सौजन्यः एनपिजिए

काठमाडौं । भुवन नगरकोटीले मंगलबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)को कोर्समा इभनपार ६८ को स्कोर गर्दै सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनमा पहिलो दिन शीर्षस्थानमा पकड जमाएका छन् ।

पहिलो दिन शीर्ष स्थानमा रहन भुवनले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले एक ओभर ६९ खेले ।

दुई ओभर ७० को नतिजामा पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतीले संयुक्तरुपमा पाँचौं स्थान बाँडे । पशुपती शर्मा ३ ओभर ७१ को स्कोरका साथ दशौं स्थानमा  छन् ।

दिनको सुरुआत बर्डीबाट गरे पनि लगत्तैको होलमा भुवन नगरकोटीले एक सट खेर फालेका थिए । तेस्रो र नवौं होलमा पनि बुगी सामना गर्दा उनको फ्रन्ट नाइन सुखद हुन सकेन । बाँकी होलमा इभनपार खेलेका उनको स्कोर पहिलो ९ होलमा २ ओभर ३६ थियो ।

तर ब्याक नाइनमा सम्हालिने क्रममा उनले लगातार १०, ११ र १५औं होलमा बर्डी प्रहार गरे । त्यसका विरुद्ध १७औं होलमा बुगी सामना गरे पनि उनको ब्याक नाइन स्कोर २ अन्ढर ३२ भयो ।

दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन ४ ओभर ३८ को स्कोरमा चित्त बुझाएका रविले १२, १३ र १७औं होलमा बर्डी खेलेर ब्याक नाइनमा ३ अन्डर ३१ स्कोर गरे ।

भुवन रोक्काले पहिलो र तेस्रो होलमा बोगी खेपे पनि दोस्रो, चौथो र पाँचौ होलमा बर्डी खेले । सातौं होलमा दुई सट खेर फालेका उनले ब्याक नाइनमा भने सबै होलमा इभनपार खेले ।

निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५ पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे । तर तेस्रो र नवौं होलमा एक/एक सट खेर फाल्दै फ्रन्ट नाइन १ अन्डर ३३ मा सकाएका उनले ११औं होलमा डबल बोगी खेपे भने १३औं होलमा एक सट खेर फाले । १६औं होलको बर्डीले उनको ब्याक नाइन स्कोर २ ओभर ३६ भयो ।

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रुपमा शीर्षस्थानमा छन् । टासी र सदभावले पहिलो दिन ४ ओभर ७२ स्कोर गरेका थिए । ८ ओभर ७६ को स्कोरसहित निलकुमार थापा र भरत थापा मगर  संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

व्यावसायिक कार्ड लिएपछि पहिलो पटक सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता खेलेका सुवाश तामाङले पहिलो दिन ४ ओभर ७२ खेले । दक्षिण एसियाली खेलुकदका दोहोरो स्वर्ण पदकधारी सुवाश समग्रमा एमेच्योर खेलाडीद्वय टासी र सदभावसँग संयुक्त रुपमा ११औं स्थानमा छन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा बाँकी १८ होलका लागि उत्कृष्ट २१ व्यावसायिक खेलाडीको छनोट (कट) हुनेछ । कटमा सफलता प्राप्त गर्ने सबै व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ३२ व्यावसायिक र ९ एमेच्योर गरी कुल ४१ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुल ७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख २० हजार, दोस्रो हुनेले ८२ हजार तथा तेस्रो हुनेले ६६ हजार रुपैयाँ पाउनेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुनेले ४३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो