चैत्र ७, २०८२ शनिबार | ०१:३७:४९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सूर्य नेपाल इस्टर्न ओपनः शुक्र शीर्षस्थानमा कायमै

धरान । सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन पनि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा कायमै रहेका छन् । बिहीबार उनले १-ओभर ७१ स्कोर गर्दा समग्रमा २-अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।

धरान गल्फ क्लबमा जारी प्रतियोगितामा साविक विजेता शुक्रलाई कडा चुनौती दिदै नीरजले १-ओभर ७१ मा दोस्रो दिनको खेल सकाउँदा समग्रमा १-अन्डर १ सय ३९ स्कोर गरेका छन् । पुर्व नम्बर एक प्रो भुवन नगरकोटीले २-ओभर ७२ सहित समग्रमा २-ओभर १ सय ४२ को स्कोर तयार पारे । यो स्कोरमा उनी तेस्रो स्थानमा उक्लिए। उनले एमेच्योर गल्फर युवराज भुजेलसँग तेस्रो स्थान बाँडेका छन् ।

समग्रमा ४-ओभर १ सय ४४ को स्कोरमा रवि खड्का, राजेन राई र भुवनकुमार रोक्काले संयुक्तरुपमा चौथो स्थान बाँडे । तीनै खेलाडीले आज १-अन्डर ६९ को स्कोर कार्ड बनाए। समग्रमा ६-ओभर १ सय ४६ सहित धन बहादुर थापा र रामे मगर संयुक्तरुपमा सातौं स्थानमा रहे ।

धनले आज २-ओभर ७२ र रामेले ५-ओभर ७५ मा खेल सकाए । सञ्जय लामा,सूर्य प्रसाद शर्मा र दीपक मगरले समग्रमा ७-ओभर १ सय ४७ स्कोर गर्दा संयुक्तरुपमा नवौं स्थानमा छन् । सञ्जय र सूर्यले आज २-ओभर ७२ मा खेला सकाउँदा दीपकले ४-ओभर ७४ को नतिजा निकाले । ३६ होलको समाप्तीमा १४-ओभर १ सय ५४ स्कोर गर्ने २१ प्रो र ५ एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका छन्।

 प्रोहरू देउराज पाख्रीन, सबिन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीप कुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दल बहादुर लामा र सुमन सापकोटाले कट बनाएका छन् ।

एमेच्योरतर्फ युवराज भुजेल शीर्षस्थानमा रहेका छन् । उनले आज ३-ओभर ७३ मा खेल सकाए पनि समग्रमा २-ओभर १ सय ४२ को स्कोरमा गजेन्द्र गुरूङलाई ३ स्ट्रोकले पछि पारे । समग्रमा ५-ओभर १ सय ४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल १-ओभर ७१ मा पुरा गरे। समग्रमा १-ओभर १ सय ४६ सहित सुन्दर राई तेस्रो स्थानमा छन आज उनले १-अन्डर ६९ को स्कोर दर्ज गरे । यस्तै पदम हाङ र सुमन परियारले पनि कट बनाएका छन् ।

यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरूवात राम्रो गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनमा उनले चार बर्डीको सफलता प्राप्त गरे। तेस्रो होलमा एक सट बचाएका उनले पाँचौ देखि सातौं होलसम्म लगातार ३ बर्डी प्रहार गरे। चौथो र नवौं होलमा भने एक/ एक सट खेर फाले । यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे। १० औं,१४ औं र १७ औं होलमा बोगी खेप्दा ब्याक नाइन ३–ओभर ३७ मा पुरा गर्न बाध्य भए। ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङ विरूद्ध अग्रता बढाउन सकेनन् ।

नीरजले भने फ्रन्ट नाइनमा खेल बिगारे। बोगीबाट दिनको सुरूवात गरे। यसपछि दोस्रो र छैटौं होलमा बर्डी प्रहार पनि गरे। तर चौथो होलको डबल बोगी र सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३८ मा पुरा गरे। ११औ होलमा डबल बोगीको सामना गरे। तर यसपछि भने नीरज सम्हालिए । १२ औं, १५औं र १८ औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरे। दोस्रो र छैटौं होलको बोगीका विरूद्ध पाँचौं र आठौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा भने १०औं, ११औं र १४औं होलमा एक–एक सट खेर फाल्दा १२ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २-ओभर ३६ मा सकाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो