माघ १५, २०८२ बिहीबार | १४:०४:५०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एसियाली खेलकुदः गल्फका शुक्र फाइनल चरणमा

फाइल तस्बिर

काठमाडौं । चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदको गल्फमा नेपालका शुक्रबहादुर राई फाइनल चरणमा प्रवेश गरेका छन् ।

वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष व्यक्तिगत स्पर्धामा शुक्र बाहेक अन्य खेलाडी अघिल्लो चरणमा पुग्न सकेनन् ।

दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा ५ अन्डर एक सय ३९ स्कोर छ । पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए । उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेका हुन् ।

पदकको आशा गरिएका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन । समग्रमा इभनपार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन् 

 युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिए ।

पुरुषतर्फ हङकङका कहो ताईची कुल २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्ष स्थानमा छन् ।

यसैगरी नेपाल पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले ।

दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ८३ र सुस्माले १६ ओभर ८८ खेलेकी थिइन् ।

नेपाल महिला टिम स्पर्धामा १३ औं स्थानमा रह्यो। १४ टोली सहभागी स्पर्धामा नेपालले मंगोलियालाई पछि पारेको हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।