चैत्र ७, २०८२ शनिबार | ०३:०६:२०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सद्भावलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी सद्भाव आचार्य दुई स्ट्रोकको अग्रता लिदै शीर्ष स्थानमा छन् ।

अन्तिम १८ होलको खेल बाँकी छँदा सद्भावले एकल अग्रता बनाएका हुन् । सद्भावले तेस्रो दिन पनि ७-अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा १६-अन्डर २ सयको सानदार स्कोरमा सद्भावले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारेका हुन् ।

दोस्रो दिन संयुक्तरुपमा शीर्ष स्थानमा रहेका सुवास ५-अन्डर ६७ खेल्दै समग्रमा १४-अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा झरे । प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् ।

२-अन्डर ७० को कार्ड बनाएका धरानका निरज तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन् । 

साबिक विजेता तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १-अन्डर ७१ को स्कोर गरे । समग्रमा ७-अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् ।

समग्रमा ५-अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापती र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । बिहिबार दिनेशले ४-अन्डर ६८ र भुवनले १-अन्डर ७१ मा खेल सकाए । इभन-पार ७२ को स्कोरमा समग्रमा ३-अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे।

पुर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २-अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पुर्णले ६-अन्डर ६६ र शिवरामले १-ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३-ओभर ७५ को स्कोर निकालेका तोरणविक्रम शाही समग्रमा १-अन्डर २ सय १५ सहित १०औं स्थानमा छन् ।

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३-ओभर २ सय १९ स्कोर बनाए ।

युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७-अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। सद्भावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे ।

त्यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे।  सद्भावले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए ।

सुवासले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक–एक सट बचाए। छैटौं होलमा बोगी प्रहार गरे । ब्याक नाइन भने १-अन्डर ३५ मा पुरा गरे। 

सुवासले१२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक-एक सट खेर फाले ।

निरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे। पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए । ब्याक नाइनमा उनले लय गुमाए। 

निरजले ११औं र १२ औं होलमा एक-एक सट बचाए। तर १४औं र १६औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रिपल बोगी प्रहार गरे ।

शुक्रले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए । उनले पहिलो, चौथों, नवौं, १५औं र १७औं होलमा एक-एक सट बचाए । शुक्रले सातौ, आठौं, ११औं र १३औं होलमा बोगी खेपे ।

 च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्धारा आयोजित तथा सूर्य नेपाल प्रालिद्धारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता छ ।

कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद पुरस्कार पाउनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो