चैत्र ९, २०८२ सोमबार | ०२:१५:३५
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सूर्य नेपाल गल्फ टुरमा शुक्रको कीर्तिमान

काठमाडौं । नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२/ २३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन कीर्तिमानी प्रदर्शन गरेका छन्।

११-अन्डर ६१ को उत्कृष्ट प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन्। यसअघि सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०-अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए। शुक्रले उक्त रेकर्ड १० वर्षपछि तोडेका हुन्।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११-अन्डर ६१ खेल्दै समग्रमा १८-अन्डर एक सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई तीन स्ट्रोकले पछि पारे। ९-अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५-अन्डर एक सय २९ सहित दोस्रो स्थानमान्। ९-अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे।‌

एमेच्योर खेलाडी सदभाव आचार्यले तीन-अन्डर ६९ खेल्दै समग्रमा तीन-अन्डर एक सय ४१ को स्कोर सहित तेस्रो स्थानमा उक्लिएका छन्।

 नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ एक अन्डर एक सय ४३ सहित संयुक्तरुपमा चौथो स्थानमा  छन्। सुवाशले एक-अन्डर ७१ र जयरामले तीन- ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।

यसैगरी एक-ओभर ७३ स्कोर गर्दै समग्रमा इभन पार एक सय ४४ सहित निरज तामाङ छैटौं स्थानमा छन्। दुई अन्डर- ७० जोड्दै समग्रमा एक -ओभर एक सय ४५ सहित भुवन कुमार रोक्का सातौ स्थानमा रहे।

 यस्तै टंकबहादुर कार्की र शिवराम पौडेलले दुई ओभर एक सय ४६ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। टंकले एक-अन्डर ७१ र शिवरामले एक-ओभर ७३ स्कोर जोडे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा तीन ओभरएक  सय ४७ को नतिजामा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्।

३६ होलको समाप्तीमा१३-ओभर सम्म खेल्ने २१ प्रो र सात एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन्।‌

प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रबि खड्का, दीपक मगर, कमल तामाङ, सुर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए। 

एमेच्योरतर्फ सद्भाव र सुबाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे।

कुल आठ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र नौ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै एक लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार, चौथो र पाँचौं हुनेले क्रमश ५५ हजार र ४७ हजार रुपैयाँ हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा रहनेले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो