चैत्र ६, २०८२ शुक्रबार | १६:४०:३६
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

एचके मडरर्स च्याम्पियन

सुर्खेत । प्रथम राष्ट्रिय इ-स्पोर्टस च्याम्पियनसिपको उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिबार राति सम्पन्न फाइनल चरणमा एचके मडर्स  लियो स्पोर्टसलाई पछि पार्दै पब्जी मोबाईलतर्फ च्याम्पियन बन्यो।

दुवै टोलीले समान अंक जोडे पनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक इ-स्पोर्टस संघका सचिव आशिष दाहालले जानकारी दिए ।

उपाधिसँगै एचके मडरर्सले २ लाख २५ हजार रुपैयाँ  प्राप्त गर्यो । दोस्रो भएको लियो स्पोर्टस १ लाख ८० हजार रुपैयाँ पायो । यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार रुपैयाँ प्राप्त गर्यो ।

पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए ।

लियो स्पोर्टसका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले टेक्नो पोभा-६ मोबाइल प्राप्त गरे ।

च्याम्पियनसिपमा तीन विधा समावेश गरिएको थियो । जसमा इ-फुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबिबी) को उपाधि टिम हाइ भोल्टेजले जित्याे ।

पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबिबीको प्राइज पुल २ लाख र इ फुटबलको प्राइज पुल लाख १ रुपैयाँ थियो ।

इ-स्पोर्टस संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । प्रतियोगिताको छनोटमा पब्जीतर्फ १३६ र मोबाइल लेजण्ड्सतर्फ ४० टिम तथा इ-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो