चैत्र ६, २०८२ शुक्रबार | १७:४०:२५
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

रोयललाई यु २३ बास्केटबलको उपाधि

काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यु २३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसँगै १ लाख रुपैयाँ पुरस्कार जित्यो । दोश्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।

रोयलले पहिलो क्वार्टरमा २३–१८ को अग्रता लियो । दोस्रो क्वार्टरमा २२–१६ को अग्रता लिएको रोयल तेश्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वार्टर १३–१३ को बराबरीमा टुंगियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रिय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मोस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन,नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा १० टिमले लिग कम नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रव्यापी खेलकुदमा विभिन्न ८ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको प्रतियोगिता अन्तिम हो । ७१औं मदन जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो