माघ १७, २०८२ शनिबार | ११:५९:०५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

रोयललाई यु २३ बास्केटबलको उपाधि

काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यु २३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसँगै १ लाख रुपैयाँ पुरस्कार जित्यो । दोश्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।

रोयलले पहिलो क्वार्टरमा २३–१८ को अग्रता लियो । दोस्रो क्वार्टरमा २२–१६ को अग्रता लिएको रोयल तेश्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वार्टर १३–१३ को बराबरीमा टुंगियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रिय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मोस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन,नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा १० टिमले लिग कम नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रव्यापी खेलकुदमा विभिन्न ८ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको प्रतियोगिता अन्तिम हो । ७१औं मदन जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।