चैत्र १८, २०८२ बुधबार | ०८:००:३५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

ग्रिनल्यान्ड र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।

धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९-१८ ले पराजित गर्यो ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५-८ ले हरायो । दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे ।

   ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

 विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

दुई दिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गर्ल्समा ३२ गरी ९७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो