चैत्र ७, २०८२ शनिबार | ११:०९:३५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

आयोजक न्युटनका तीन टोली क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक न्युटन हाइ स्कुलको तीन टोली प्रथम न्युटन एसइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा शनिबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

न्युटनको ब्वाइजमा दुई तथा गर्ल्समा एक टोली क्वार्टरफाइनल पुगे।

बालुवाटारस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा न्युटन ‘ए’ ले ऋत एकेडेमी ‘ए’ लाई १८-१५ तथा न्युटन ‘सी’ ले क्यान्भासलाई १६-१० ले पराजित गरे ।

सोही स्पर्धामा एचएचसिए ‘ए’ ले एन्जल्स हार्टलाई १८-१५, हुपर्सले न्युटन ‘बी’ लाई १७-१६, दि लियोसले फेरिल्यान्डलाई १४-१०, भ्याली पब्लिकले ब्रुक्सलाई १५-१०, सरकारले एचएचसिए ‘बी’ लाई १३-१० र ग्रिनल्यान्ड ‘ए’ ले गोल्डेनपिकलाई १९-१८ ले हराउदै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

यसैगरी गर्ल्समा न्युटन ‘बी’ ले टिम सोनिसलाई १३-११ ले पराजित गर्यो ।

गर्ल्समै पृथ्वीले एन्जल्स हार्टलाई १४-१३, बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले न्युटन ‘ए’ लाई १५-१०, ग्रिनल्यान्डले न्यु एरालाई १८-१२, क्यान्भासले मानसिंहलाई १२-१०, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६-१४, फेरिल्यान्डले ग्याबालाई १५-१३ र के सुपरभिजनले एचएचसीएलाई १४-१० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी र न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले निर्णायकलाई बल हस्तान्तरण गरी  उद्घाटन गरे ।

प्रतियोगितामा दुवैतर्फका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपाधि विजेता, उपविजेता, नकआउट चरणमा पुग्ने टोली र सहभागी टोलीको प्रत्येक खेलाडीलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो