चैत्र १२, २०८२ बिहीबार | ००:३९:४७
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

अन्तर विद्यालय बास्केटबलः ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि

काठमाडौं । ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर गर्ल्स, हिमरश्मि जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बने ।

किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१-१० ले पराजित गर्यो । ग्रिनल्यान्डकी विहानी राईले १० अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा हिमरश्मिले भ्याली पब्लिकलाई २६-२५ को साँघुरो अन्तरले हरायो । हिमरश्मिका आयुश पोखरेलले १२ स्कोर गरे । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४३-३७ ले निरास बनायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी विहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गर्ल्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गर्ल्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमेरिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्राण्जली, सिनियर गर्ल्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेन अनुशासित टिम घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले  पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान आठ तथा जुनियर ब्वाइजमा १६ टोली सहभागी थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो