माघ ११, २०८२ आइतबार | ०७:१३:४९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

अन्तर विद्यालय बास्केटबलः ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि

काठमाडौं । ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर गर्ल्स, हिमरश्मि जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बने ।

किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१-१० ले पराजित गर्यो । ग्रिनल्यान्डकी विहानी राईले १० अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा हिमरश्मिले भ्याली पब्लिकलाई २६-२५ को साँघुरो अन्तरले हरायो । हिमरश्मिका आयुश पोखरेलले १२ स्कोर गरे । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४३-३७ ले निरास बनायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी विहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गर्ल्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गर्ल्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमेरिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्राण्जली, सिनियर गर्ल्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेन अनुशासित टिम घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले  पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्समा समान आठ तथा जुनियर ब्वाइजमा १६ टोली सहभागी थिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate