चैत्र १८, २०८२ बुधबार | ०९:०२:२२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

अन्तर विद्यालय बास्केटबल: भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । भ्याली पब्लिक र हिमरश्मि प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टोखा, प्रयारनगरस्थित आयोजक किङडम हिमालयनमा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २४-१७ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा आर्यन गुरुङले १५ अंक योगदान गरे । आदर्श तामाङको १६ अंक सहयोगमा हिमरश्मिले ह्वाइट माउन्टेनलाई ३२-२७ ले हरायो ।

जुनियर ब्वाइजमै स्काइलार्कले पिपुल्स एकेडेमीलाई ३६-३२ तथा सेबले आयोजक किङडम हिमालयनलाई २०-१९ ले निरास बनाए । स्काइलार्कका रोमन घलेले १४ तथा सेबका विपन सुनारले १३ स्कोर गरे ।

सेमिफाइनलमा भ्याली पब्लिक र स्काइलार्क तथा सेब र हिमरश्मि प्रतिस्पर्धा गर्नेछन् ।

सिनियर ब्वाइजमा न्यु जेनिथ किङडम हिमालयनलाई ६९-६४ ले हराउँदै सेमिफाइनलमा पुग्यो । न्यु जेनिथका सागर श्रेष्ठले ३२ अंक जोडे ।

सेमिफाइनलमा न्यु जेनिथले विल्सन एकेडेमी तथा किङडम हिमालयनले प्राण्जलीको सामना गर्नेछन्।

सिनियर गर्ल्सको सेमिफाइनलमा किङडम हिमालयन र  फेरिल्यान्ड तथा ग्रिनल्यान्ड र  पिपुल्स आमने सामने हुनेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो