चैत्र १४, २०८२ शनिबार | २१:५६:४१
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बुधबार हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गर्ल्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्धारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६-३७ ले पराजित  गर्यो। हेम्सका हेमन्त राजवंशीले २६ अंक जोडे । सनसाइन तेश्रो भयो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२-११ को साँघुरो अन्तरले हरायो । इनोभेटिभकी रिद्धि घर्ती मगरले ६ स्कोर गरिन् । श्रृजनशील तेश्रो स्थानमा रह्यो ।

जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९-१४ को सहज जित दर्ता गर्यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुले । चैतन्य संस्कार तेश्रो बन्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात हेमन्त, रिद्धि र अनमोल आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गर्ल्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले पुरस्कृत गरे ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्सतर्फ समान १६ तथा जुनियर ब्वाइजतर्फ १८ गरी ५० टोलीले प्रतिस्पर्धा गरेका थिए । खेलहरु शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्सको कोर्टमा खेलाइएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो