माघ ११, २०८२ आइतबार | ०२:३०:२३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बुधबार हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गर्ल्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्धारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६-३७ ले पराजित  गर्यो। हेम्सका हेमन्त राजवंशीले २६ अंक जोडे । सनसाइन तेश्रो भयो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२-११ को साँघुरो अन्तरले हरायो । इनोभेटिभकी रिद्धि घर्ती मगरले ६ स्कोर गरिन् । श्रृजनशील तेश्रो स्थानमा रह्यो ।

जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९-१४ को सहज जित दर्ता गर्यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुले । चैतन्य संस्कार तेश्रो बन्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात हेमन्त, रिद्धि र अनमोल आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गर्ल्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले पुरस्कृत गरे ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्सतर्फ समान १६ तथा जुनियर ब्वाइजतर्फ १८ गरी ५० टोलीले प्रतिस्पर्धा गरेका थिए । खेलहरु शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्सको कोर्टमा खेलाइएको थियो ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate