चैत्र १३, २०८२ शुक्रबार | ०९:३९:४४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

पुष्पसदन कप बास्केटबलः रेडियन्ट च्याम्पियन

ललितपुर ।  रेडियन्ट पब्लिक बोर्डिङ स्कुल आइतबार सम्पन्न तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सिनियर तथा जुनियर ब्वाइज दुवैमा रेडियन्टले ब्राइट होराईजन स्कुललाई पाजित गरेको हो । गर्ल्स थ्री वाई थ्री बास्केटबलको उपाधी भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ ।

सिनियर ब्वाइजतर्फको फाइनमा रेडियन्टले ब्राइट होराईजनलाई ६५-५० ले स्तब्ध बनायो ।  वर्षा भएपछि सो खेललाई कीर्तीपुरको कर्भडहलमा खेलाइएको थियो ।  रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २९ स्कोर गरे ।

सेमिफाइनलमा रेडियन्टले लिटिल एन्जल हार्ट स्कुललाई ४४-२५ तथा ब्राइट होराइजनले मेगस स्कसलले  ७७-७१ पराजित गरेका थिए ।

पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न जुनियर ब्वाइजतर्फको फाइनलमा रेडियन्टले ब्राइट होराजनलाई ३९-२० हरायो ।

सेमिफाइनलमा रेडियन्टले जनसेवा स्कुललाई २९-१८ तथा ब्राइट होराइजनले ग्रिनफिल्ड स्कुललाई ३१-२६ ले निरास बनाएका थिए ।

गर्ल्स थ्री वाई थ्री बास्केटबलको फाइनलमा स्वर्णीम शिक्षा सदन स्कुलले राराहिललाई हरायो  ।

प्रतियोगितामा जुनियर ब्वाइजमा जनसेवा माविका लुजा मर्हजन, सिनियर ब्वाइजमा एलएका लक्कि मर्हजन र गर्ल्स थ्री वाइ थ्रीमा एभिएमकी अनुश्री ढुङ्गानाले ‘इमर्जिङ’ प्लेयरको घोषित भए ।

यस्तै जुनियर ब्वाइजमा रेडियन्टका विधान कार्की , सिनियर ब्वाइजमा रेडियन्टकै लमिक योञ्जन र गर्ल्स  थ्री वाई थ्रीमा स्वर्णीमकी अरिभाना तरामु ‘मोस्ट भेलुएबल प्लेयर्स’ चुनिए ।

‘फेयर प्ले टिम’को पुरस्कार जुनियर ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलले, सिनियर ब्वाइजतर्फ मंगल माध्यमिक स्कुलले र  गर्ल्स थ्री वार्ई थ्रीतर्फ हिलटाउन इन्टरनेसनल पाए ।

गत भदौ २९ गतेदेखि सुरु प्रतियोगितामा २५ विद्यालयको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो