चैत्र १४, २०८२ शनिबार | ००:४१:०६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुष्पसदन बास्केटबलः आयोजकका दुवै टोली विजयी

सांकेतिक तस्बिर

काठमाडौं । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजकका दुवै टिम विजयी भएका छन् ।

पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सिनियर र जुनियर ब्वाइजमा आयोजक पुष्पसदन विजयी भएको हो ।

सिनियर ब्वाइजमा पुष्पसदनले राराहिल ३८-२९ ले स्तब्ध बनायो । पुष्पसदनका निकेशले १५ अकं जोडे ।

सिनियर ब्वाइजमै हिलटाउन स्कुल रब्राइट होराइजन र आइएमएस स्कुलले पनि जित निकालेका छन् । हिलटाउनले एभिएम स्कूललाई ३१-१४  हरायो ।  विजयी टोलीका लागि विनयले ११ स्कोर गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा होराइजनले जनसेवा स्कुलमाथि ३२-२९ को रोमाञ्चक जित निकाल्यो । होराइजनका ज्योतिष शाहीले १५ अंक बटुले । आइएमएसले भ्याली भ्यु स्कुललाई ४९-३५ ले पराजित गर्यो । आइएमएसका आरोन मर्हजनले २४ स्कोर गरे ।

जुनियर ब्वाइजमा पुष्पसदनले भ्याली भ्युलाई १२-९ ले पराजित गरेको थियो । यो खेलमा पुष्पसदनका जेसन मर्हजनले ६ स्कोर गरे ।

यसैगरी ब्राइट होराइजन जुनियर ब्वाइजमा पनि विजयी भयो । होराइजनले राराहिल स्कुललाई २८-११ ले स्तब्ध बनाएको थियो । होराइजनका सन्देश खत्रीले १३ अंक बटुले ।

खेलहरु पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा भइरहेको छ । आइतबार जुनियर ब्वाइजका २ तथा सिनियर ब्वाइजका पाँच वटा खेल हुनेछन् ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ आठ र गर्ल्स थ्री वाई थ्री तर्फ एक गरी २५ विद्यालय सहभागी छन् ।

आगामी असोज ८ गतेसम्म हुने प्रतियोगिताको विजेता तथा उपविजेतालाई  ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका वेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो