माघ १९, २०८२ सोमबार | ००:५५:१७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

पुष्पसदन बास्केटबलः आयोजकका दुवै टोली विजयी

सांकेतिक तस्बिर

काठमाडौं । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजकका दुवै टिम विजयी भएका छन् ।

पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सिनियर र जुनियर ब्वाइजमा आयोजक पुष्पसदन विजयी भएको हो ।

सिनियर ब्वाइजमा पुष्पसदनले राराहिल ३८-२९ ले स्तब्ध बनायो । पुष्पसदनका निकेशले १५ अकं जोडे ।

सिनियर ब्वाइजमै हिलटाउन स्कुल रब्राइट होराइजन र आइएमएस स्कुलले पनि जित निकालेका छन् । हिलटाउनले एभिएम स्कूललाई ३१-१४  हरायो ।  विजयी टोलीका लागि विनयले ११ स्कोर गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा होराइजनले जनसेवा स्कुलमाथि ३२-२९ को रोमाञ्चक जित निकाल्यो । होराइजनका ज्योतिष शाहीले १५ अंक बटुले । आइएमएसले भ्याली भ्यु स्कुललाई ४९-३५ ले पराजित गर्यो । आइएमएसका आरोन मर्हजनले २४ स्कोर गरे ।

जुनियर ब्वाइजमा पुष्पसदनले भ्याली भ्युलाई १२-९ ले पराजित गरेको थियो । यो खेलमा पुष्पसदनका जेसन मर्हजनले ६ स्कोर गरे ।

यसैगरी ब्राइट होराइजन जुनियर ब्वाइजमा पनि विजयी भयो । होराइजनले राराहिल स्कुललाई २८-११ ले स्तब्ध बनाएको थियो । होराइजनका सन्देश खत्रीले १३ अंक बटुले ।

खेलहरु पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा भइरहेको छ । आइतबार जुनियर ब्वाइजका २ तथा सिनियर ब्वाइजका पाँच वटा खेल हुनेछन् ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ आठ र गर्ल्स थ्री वाई थ्री तर्फ एक गरी २५ विद्यालय सहभागी छन् ।

आगामी असोज ८ गतेसम्म हुने प्रतियोगिताको विजेता तथा उपविजेतालाई  ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका वेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।