चैत्र १७, २०८२ मंगलबार | ०३:१४:३६
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

नेबा अन्तर प्लस टु बास्केटबल शुक्रबारदेखि हुने

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा पहिलो अन्तर प्लस टु थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारबाट हुने भएको छ ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका २९ विद्यालयबाट ३२ ब्वाइज र १३ गर्ल्स टोलीले प्रतिस्पर्धा गर्दैछन् । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी इन्डोर कभर्डहलमा हुनेछन् ।

ब्वाइजतर्फ सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष स्थानमा रहने टोलीले अन्तिम आठमा स्थान बनाउनेछन् ।

त्यस्तै गर्ल्सतर्फका टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

उद्घाटन खेल शुक्रबार बिहान ८ बजे गोल्डेन गेट इन्टरनेशनल कलेज ‘बि’ र जेभियर इन्टरनेशनल कलेज ‘ए’बीच हुनेछ ।

नेबाको वार्षिक कार्ययोजना भित्र रहेको यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको यु–१८ राष्ट्रिय टोली निमार्ण गर्नु हो । प्रतियोगिताबाट सम्भावना भएका खेलाडीलाई छनोट गर्ने र त्यसपछि विशेष प्रशिक्षण दिएर राष्ट्रिय टोली निर्माण गर्ने नेबा कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए ।

गुरुङले नेपालको सम्भावना बढि भएकाले पहिलो प्राथमिकता थ्री बाई थ्री लाई दिइएको बताए । ‘फुल कोर्टको बारेमा नसोचेका होइनौं । तर, एसियाली स्तरमा हाफ कोर्टको सम्भावना अलि बढी भएकाले हामीले यसलाई प्राथमिकतामा राखेका हौं । निकट भविष्यमा हामी फुल कोर्टमा पनि जानेछौँ,’ गुरुङले भने ।

राखेपको विशेष सहयोगमा सञ्चालन हुन लागेको यस प्रतियोगिताको अनुमानित लागत साढे चार लाख  छ ।

त्यस्तै  गुरुङले आर्थिक अवस्थालाई विचार गर्दै उपत्यका बाहिरका विद्यालयलाई समावेश गर्न नसकेको बताए । ‘उपत्यका बाहिरका विद्यालयहरुलाई समावेश गर्ने बारेमा नसोचेका होइनौं,’ गुरुङले थपे,‘ तर, खेलाडीहरुलाई काठमाडौंमा तीन दिनसम्म राख्दा विद्यालयले आर्थिक भार बहन गर्न नसक्ने भएकाले हामीले यसपाली उपत्यकामै सिमित राखेका हौं । यो पहिलो संस्करण हो । आउने संस्करणमा प्रतियोगितालाई परिस्कृत गर्दै लानेछौं।’

प्रतियोगिताको मुख्य प्रायोजक नेबाको आधिकारिक पार्टनर स्पोर्टस ब्रान्ड लि निङ रहेको छ । विजेता र उपविजेता टोलीले ट्रफी र मेडलसहित उपहार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई लि निङबाट विशेष उपहार प्रदान गरिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो