माघ ११, २०८२ आइतबार | १३:००:०७
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

नेबा अन्तर प्लस टु बास्केटबल शुक्रबारदेखि हुने

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा पहिलो अन्तर प्लस टु थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारबाट हुने भएको छ ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका २९ विद्यालयबाट ३२ ब्वाइज र १३ गर्ल्स टोलीले प्रतिस्पर्धा गर्दैछन् । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी इन्डोर कभर्डहलमा हुनेछन् ।

ब्वाइजतर्फ सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष स्थानमा रहने टोलीले अन्तिम आठमा स्थान बनाउनेछन् ।

त्यस्तै गर्ल्सतर्फका टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

उद्घाटन खेल शुक्रबार बिहान ८ बजे गोल्डेन गेट इन्टरनेशनल कलेज ‘बि’ र जेभियर इन्टरनेशनल कलेज ‘ए’बीच हुनेछ ।

नेबाको वार्षिक कार्ययोजना भित्र रहेको यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको यु–१८ राष्ट्रिय टोली निमार्ण गर्नु हो । प्रतियोगिताबाट सम्भावना भएका खेलाडीलाई छनोट गर्ने र त्यसपछि विशेष प्रशिक्षण दिएर राष्ट्रिय टोली निर्माण गर्ने नेबा कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए ।

गुरुङले नेपालको सम्भावना बढि भएकाले पहिलो प्राथमिकता थ्री बाई थ्री लाई दिइएको बताए । ‘फुल कोर्टको बारेमा नसोचेका होइनौं । तर, एसियाली स्तरमा हाफ कोर्टको सम्भावना अलि बढी भएकाले हामीले यसलाई प्राथमिकतामा राखेका हौं । निकट भविष्यमा हामी फुल कोर्टमा पनि जानेछौँ,’ गुरुङले भने ।

राखेपको विशेष सहयोगमा सञ्चालन हुन लागेको यस प्रतियोगिताको अनुमानित लागत साढे चार लाख  छ ।

त्यस्तै  गुरुङले आर्थिक अवस्थालाई विचार गर्दै उपत्यका बाहिरका विद्यालयलाई समावेश गर्न नसकेको बताए । ‘उपत्यका बाहिरका विद्यालयहरुलाई समावेश गर्ने बारेमा नसोचेका होइनौं,’ गुरुङले थपे,‘ तर, खेलाडीहरुलाई काठमाडौंमा तीन दिनसम्म राख्दा विद्यालयले आर्थिक भार बहन गर्न नसक्ने भएकाले हामीले यसपाली उपत्यकामै सिमित राखेका हौं । यो पहिलो संस्करण हो । आउने संस्करणमा प्रतियोगितालाई परिस्कृत गर्दै लानेछौं।’

प्रतियोगिताको मुख्य प्रायोजक नेबाको आधिकारिक पार्टनर स्पोर्टस ब्रान्ड लि निङ रहेको छ । विजेता र उपविजेता टोलीले ट्रफी र मेडलसहित उपहार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई लि निङबाट विशेष उपहार प्रदान गरिनेछ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate