चैत्र १७, २०८२ मंगलबार | १७:२९:५६
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलः एन्जल्स हार्ट र ज्ञान निकेतन फाइनलमा

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलमा सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । एन्जल्स हार्ट र ज्ञान निकेतन  १० औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७-२५ को साँघुरो अन्तरले पराजित गरेको हो । एन्जल्स हार्टको जितमा अदित पुनले आठ अंक योगदान गरे । जेसन घलानको १२ अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई २५-२३ को झिनो अन्तरले हरायो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र जेनिथले उपाधि भिडन्त पक्का गरे । ग्रिनल्यान्डले ज्ञान निकेतनलाई ७९-६१ ले पाखा लगायो । ग्रिनल्यान्डका सविन गुरुङले ३४ स्कोर गरे । जेनिथले जेबी इङलिस स्कुलमाथि ५९-५८ को कठिन जित निकाल्यो । जेनिथका लागि सुशिल शाहीले २३ अंक जोडे ।

सिनियर गर्ल्सतर्फ भ्याली पब्लिक र संस्कृति उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले जेसिस इन्टरनेसनलमाथि ४१-१२ ले सहज जित निकाल्यो । 
भ्याली पब्लिककी मुस्कान गुरुङले १८ स्कोर गरिन् । रिब्सविरुद्धको खेलमा संस्कृति २४-११ ले विजयी भयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो