चैत्र ११, २०८२ बुधबार | १२:५९:१५
यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता

ब्याडमिन्टनको टिम इभेन्ट आइतबार सकिने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टको टिम इभेन्ट आइतबार सकिने भएको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल भोलि हुने तय भएको छ ।

महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ । 

यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सेमिफाइनलको दोस्रो खेलमा एनआरएनएको टोलीले एपीएफसँग खेल्ने तालिका छ । दुवै टिम इभेन्टको फाइनल ११ बजे खेलाइने छ ।

पहिलो चरणमा के–के भयो ?

पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए । पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल भयो ।

महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न सके ।

पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके ।

दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो । यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गर्यो ।

पहिलो खेलमा कर्णाली र बागमती प्रदेश भिडेका थिए । सो खेलमा कर्णालीले बागमतीलाई २–० को सेटमा हराएको थियो । कोर्ट २ मा खेलाइएको मधेस प्रदेश र एनआरएनएबीचको खेलमा एनआरएनएले २–० को सोझो सेटमा हरायो ।

महिला टिम इभेन्टतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हरायो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो