चैत्र ६, २०८२ शुक्रबार | ०३:१६:५०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनःक्षिजित र सिमालाई उपाधि

काठमाडौं । एपिएफका क्षिजित खनाल र कस्तुरी कलेजकी सिमा राजवंशीले प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप बनेका छन् ।  

फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीद्धारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१-१९, २१-१४ ले पराजित गरे ।

यस्तै सिमाले महिला एकलको फाइनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१-१०, १५-२१, २१-१६ ले स्तब्ध बनाइन् । पुरुषतर्फ तेश्रो स्थानमा नखिपोटका विवेक चौधरी र एपिएफका अमन महर्जन तथा महिलातर्फ एपिएफका शोभा गौचन र रिना तामाङ खरहे ।

दुवैतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँका साथै  मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

एकेडेमीको बशुन्धरास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले आफ्नै क्लबका सुजन थापा र राजु थापाको जोडीलाई १४-२१, २४-२२, २१-१४ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहाल तथा सुनिल जोशी र दीपक बोहराको जोडी रहे ।

शिर्ष तीन स्थान प्राप्त गर्नेले ५० हजार, २५ हजार र १० हजार रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

तीन दिन सम्म संचालन भएको प्रतियोगितामा ब्वाईज यु-१३ तर्फ एपिएफका आरुष सिमखडा च्याम्पियन बने ।  उनले कैलालीका रियांस चौधरीलाई २३-२१, २१-१६ ले पराजित गरे ।  कास्कीका आदित्य चौधरी र तनहुँका सफल भुजेलले तेस्रो स्थान हासिल गरे । 

सोही विधाको गर्ल्सतर्फ मोहन भुगोल फाउन्डेशन, कास्कीकी निभा राईले दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्रीलाई २१-१३, २१-११ ले पराजित गर्दै उपाधी उचालिन् । तेश्रो स्थानमा सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र ग्यालेक्सी स्कुलकी अप्सरा यादव रहे ।

दुवैतर्फका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यु-१९ तर्फको ब्वाईज एकलमा एपिएफका रोशन साउदले आफ्नै क्लबका अरुण अधिकारीलाई २१-१९, २१-१५ ले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भए । तेश्रो स्थानमा एपिएफका अनिल मल्ल र युनिटीका सुनिल कार्की रहे । 

यस्तै गर्ल्सतर्फ दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले जित हात पारिन् । एपिएफकी रिना तामाङ्ग संग पहिलो सेट १-–२१ ले गुमाएकी अश्मिताले दोश्रो सेटमा पनि १३-१६ ले पछि परेको अवस्थामा रिनाले घुँडामा चोट बोक्न पुगे पछि खेलबीचमा छोडे पश्चात जित हात पारेकी थिइन् । इमाडोलकी टिशा रानी शाक्य र मोहन भुगोल फाउन्डेशनकी निभा राई तेस्रो स्थानमा रहे ।

शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः २५ हजार, १५ हजार र ५ हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

भेट्रान ४५ बर्ष माथिमा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङ्गको जोडीले जित हात पारे । शम्भु र राजेशको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई १९-२१, २१-११, २१-११ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा टोखाका टिका थापा र रामशरण केसीको जोडी तथा आयोजक फिटनेश पार्कका सुभाष श्रेष्ठ र प्रेम घलेको जोडी रहे ।

विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँसहित मेडल, प्रमाण पत्र र ट्रफी पाए ।  

भेट्रान ५५ बर्ष माथिमा धादिङका विष्णु लाल श्रेष्ठ र चितवनका बुद्धि चौधरीले जित हात पारे । विष्णु र बुद्धिको जोडीले कास्कीका मनोज कुमार श्रेष्ठ र दिल पुनको जोडीलाई १८-२१, २१-११, २१-१३ ले पराजित गरे । तेश्रो स्थानमा आयोजक फिटनेश पार्कका उमेश के।सी। र पुर्ण चन्द्र जोशी तथा धन्यन्तरीका गणेश थापा र गंगा बहादुर राईको जोडी रहे ।

शिर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार १० हजार र ५ हजार रुपैयाँ सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजेतालाई प्रमुख अतिथी कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले, विशेष अतिथी बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र कुमार थिङ्ग, कोशी प्रदेश ब्याडमिन्टन संघका संयोजक योगश्वर श्रेष्ठ, सदस्य भवानी आङ्गदम्बे, सहआयोजक बट्टार युथ क्लबका अध्यक्ष एवं बागमती प्रदेश फुटबल संघका सहमहासचिव सुरज श्रेष्ठलगायतले पुरस्कार वितरण  गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो