भाद्र २७, २०८२ शनिबार | ०९:०९:२८
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

इनास सव जुनियर च्यालेन्ज कपः रिजन र अक्षत अन्तिम १६ मा

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेल योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कपको यु-१३ तर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहहीबार सम्पन्न प्रतिस्पर्धामा रिजनले नाइटिङ्गलका निश्चल थापालाई २१-१, २१-६ ले  पराजित गरे । अक्षतले कीर्तिपुरका गगन बिकमाथि २१-१९, २१-१९ को जित निकाले ।

अन्तिम १६ मा स्थान बनाउने क्रममा स्पोर्टस हवका सदीप राईले ललितपुरका प्रशान्त बुढाथोकीलाई २१-६, २१-११, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका बिवेश बस्नेतलाई २१-१९, २१-१६, एपिएफका आरुष सिमखडाले सुशान्त प्रजापतीलाई २१-१८, २१-१७, कालिकाका आदित्य चौधरीले आर्मीका आयुष राईलाई २१-६, २१-८, धन्यन्तरीका सत्यम कार्कीले दोलखाका अर्नव श्रेष्ठलाई २१-६, २१-१०, कास्कीका अमृत थापाले कपिलबस्तुका विराट बस्नेतलाई २१-९, २१-१० ले स्तब्ध बनाए ।

यसैगरी कपिलबस्तुका राज घिमिरेले कीर्तिपुरका सामन्त बज्राचार्यलाई २१-११, २२-२०, तनहुँका सफल भुजेलले दीपक ब्याडमिन्टन एकेडेमीका जेशन श्रेष्ठलाई २१-६, २१-१२, आर्मीका दीप थिङ्गले इटहरीका सिमोन कार्कीबाट वाक ओभर, पुलिस स्कुलका सिद्धान्त श्रेष्ठले एपिएफ सम्राट टन्डनले २१-१२, २१-१३, महाबौद्ध क्लबका आरभ शाक्यले कास्कीका सविन विक्रम पालिखेलाई २१-६, २१-१२, आर्मीका सुदेश राजकोटीले एपिएफका समिर खड्कालाई २१-६, २१-४, प्रिन्स थापा मगरले धन्यन्तरीका सुहम कार्कीबाट वाक ओभर, पुलिस स्कुलका प्रिन्स कार्कीले ग्यालेक्सी पब्लिक स्कुलका शुभम चौहानलाई २१-१०, २१-५ ले पनि जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरे  ।

यस्तै यु-११ तर्फ एसबिएका आदित्य थारु, कपिलबस्तुका विराट बस्नेत, महाबौद्धका आरभ शाक्य र ललितपुरका प्रशान्त बुढाथोकी  पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भए ।

मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे । 
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS