माघ १७, २०८२ शनिबार | ०८:५९:४७
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र विष्णु क्वाटरफाईनलमा

प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् ।

प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम आठमा प्रवेश गर्ने क्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१-११, १७-२१, २१-१४, आर्मीका कविर केसीले पुलिसका जीवन आचार्यलाई २१-९, १७-२१, २१-१६, एपिएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१-११, २१-१२, एपिएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१-१६, २४-२२, आर्मीका प्रफुल महर्जनले एपिएफका भोज बहादुर गुरुङलाई २१-१८, २१-१५, नखिपोटका विवेक चौधरीले एपिएफका विजित थापा मगरलाई २३-२१, २१-१३ ले हराए ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले क्वार्टरफाइनलमा स्थान बनाए । निताले एपिएफकी रिना तामाङ्गलाई २१-१०, २१-१२ पराजित गर्दा तथा अमिताले एपिएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरिन् ।

यस्तै आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१-१०, २१-११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिस्ना विष्टलाई २१-१४, २१-१२, एपिएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१-७, २१-१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१-१३, २१-८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१-११, २१-१० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

शीर्ष २० वरियता बाहेकको पुरुष युगलतर्फ युनिटीका अनिष गुरुङ र प्रमिश श्रेष्ठ, देवी नगरका हेमन्त ऐर र बविश थापा, एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरु, नवलपुरका अक्षय क्षेत्री र विद्धवान गुरुङङ, चितवनका आकाश जोशी र रमेश ठकुरी, स्पोर्टस हवका अभिषेक गुरुङ र निश्चल खत्री, धादिङका एल.ठकुरी र देवी नगरका आर.ठकुरी, एपिएफका विशाल प्रधान र सुजन थापा तथा स्पोर्टस हबका सुनिल कार्की र विशाल तामाङको जोडी अन्तिम १६ मा प्रवेश गरेका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।