चैत्र १६, २०८२ सोमबार | २२:२१:३३
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र विष्णु क्वाटरफाईनलमा

प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् ।

प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम आठमा प्रवेश गर्ने क्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१-११, १७-२१, २१-१४, आर्मीका कविर केसीले पुलिसका जीवन आचार्यलाई २१-९, १७-२१, २१-१६, एपिएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१-११, २१-१२, एपिएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१-१६, २४-२२, आर्मीका प्रफुल महर्जनले एपिएफका भोज बहादुर गुरुङलाई २१-१८, २१-१५, नखिपोटका विवेक चौधरीले एपिएफका विजित थापा मगरलाई २३-२१, २१-१३ ले हराए ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले क्वार्टरफाइनलमा स्थान बनाए । निताले एपिएफकी रिना तामाङ्गलाई २१-१०, २१-१२ पराजित गर्दा तथा अमिताले एपिएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरिन् ।

यस्तै आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१-१०, २१-११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिस्ना विष्टलाई २१-१४, २१-१२, एपिएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१-७, २१-१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१-१३, २१-८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१-११, २१-१० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

शीर्ष २० वरियता बाहेकको पुरुष युगलतर्फ युनिटीका अनिष गुरुङ र प्रमिश श्रेष्ठ, देवी नगरका हेमन्त ऐर र बविश थापा, एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरु, नवलपुरका अक्षय क्षेत्री र विद्धवान गुरुङङ, चितवनका आकाश जोशी र रमेश ठकुरी, स्पोर्टस हवका अभिषेक गुरुङ र निश्चल खत्री, धादिङका एल.ठकुरी र देवी नगरका आर.ठकुरी, एपिएफका विशाल प्रधान र सुजन थापा तथा स्पोर्टस हबका सुनिल कार्की र विशाल तामाङको जोडी अन्तिम १६ मा प्रवेश गरेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो